किन तोडिइरहेका छन् मौसमसम्बन्धी कीर्तिमान ?
वैज्ञानिकहरूले तापक्रम, समुद्री ताप र एन्टार्क्टिक सागरको बरफमा देखिएका मौसम सम्बन्धी गतिविधिहरूप्रति चिन्ता व्यक्त गरेका छन्।
एक जना वैज्ञानिकले पृथ्वीमा विगत कहिल्यै पनि यस्तो नदेखिएको बताएका छन्। संयुक्त राष्ट्रसङ्घले युरोपमा खतरनाक उष्णलहर अझै बढ्नसक्ने चेतावनी दिएको छ।
उत्तरी गोलार्धमा उष्ण लहर चलिरहँदा ग्रिसले ५० वर्ष यताकै सर्वाधिक तातो जुलाई महिना अनुभव गरिरहेको छ।
संयुक्त राज्य अमेरिकाको दक्षिणी भागमा पनि जुलाई अहिलेसम्मकै सर्वाधिक गर्मी महिना बन्नसक्ने ठानिएको छ।
मौसम र समुद्र ज्यादै जटिल भएकाले यी घटनाक्रमलाई जलवायु परिवर्तनसँग तत्कालै जोडिहाल्न अप्ठेरो छ।
तर अध्ययनहरू जारि छन् र वैज्ञानिकहरूले अझ खराब अवस्था आउनसक्ने आकलन गरिरहेका छन्।
मौसम प्रणालीका सबै हिस्सा कीर्तिमानी वा असामान्य अवस्थामा रहेको यस्तै परिस्थिति मलाई थाहा छैन, लन्डन स्कुल अफ इकोनोमिक्सका वातावरणीय भूगोलविद् थोमस स्मिथ भन्छन्।
इम्पेरिअल कलेज लन्डनस्थित जलवायु विज्ञानका प्राध्यापक पाउलो सेपीले पृथ्वीमा विगतमा नदेखिएको अवस्था उत्पन्न हुनुमा खनिज इन्धनले निम्त्याएको जलवायु परिवर्तन र सन् २०१८ यता एल निन्यो नामक प्राकृतिक मौसम प्रणालीका कारण वृद्धि भएको तापक्रम जिम्मेवार रहेको बताए। बीबीसी