अन्तराष्ट्रिय
अल्जेरियामा सवारी दुर्घटना हुँदा चौँतिस जनाको मृत्यु

अल्जेरियाको दक्षिणी भागमा आज बिहान यात्रीवाहक एउटा बस दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।



राजधानी अल्जियर्सबाट करिब दुई हजार किलोमिटर पर अवस्थित तामनरासेट शहरमा यात्रीबाहक बस र औद्योगिक उत्पादन बोकेको बाहन एकआपसमा ठोक्किँदा उक्त हताहति भएको उद्धारामा संलग्न एक अधिकारीले बताएका छन् ।



दुई वटा सवारी साधन ठोक्किँदा बसमा आगो लागेको थियो । उद्धारकर्मीहरुले जलेका केही लाश निकालेका छन् ।



दुवै सवारी साधन द्रुतगतिमा रहेकाले उक्त दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । गत वर्ष अल्जेरियामा २३ हजार सवारी दुर्घटना भएका थिए ।
ती दुर्घटनामा तीन हजार चार सय नौ जनाको ज्यान गएको तथा ३० हजारभन्दा बढी घाइते भएको सडक सुरक्षासम्बन्धी सरकारी निकायले जनाएको छ ।