यस कारण बन्यो भारतमा मोदीविरुद्ध २६ दलीय गठबन्धन
भारतमा २६ वटा विपक्षी दलका नेताहरू अर्को वर्ष हुन लागेको आमनिर्वाचनका लागि नरेन्द्र मोदीविरुद्ध रणनीति बलियो बनाउन भन्दै बैठक गरेका छन्।
उक्त बैठकमा कङ्ग्रेस आईकी सोनिया गान्धी र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल लगायका शीर्षस्थ विपक्षी नेता सहभागी छन्।
उनीहरूले गठबन्धनको नाम ‘इन्डियन न्याश्नल डेभलपमेन्ट इन्क्लुसिभ अलाइन्स’ (इन्डिया) तय गरेको जनाएका छन्
मङ्गलवार उक्त गठबन्धनले आफ्नो नेता समेत चयन गर्न सक्ने समाचारहरूमा जनाइएको थियो। तर त्यसबारेमा ११ सदस्यीय एउटा समन्वय समितिले पछि टुङ्गो लगाउने कङ्ग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले बताए।
चुनावअघि यो विपक्षी दलको दोस्रो ठूलो बैठक हो। उनीहरूले सीट बाँडफाँट लगायतका विषयमा छलफल गरिरहेका छन्।
दक्षिणी राज्य कर्नाटकको बैङ्गलुरुमा भइरहेको दुई दिने बैठकमा कुन दलले कति सीटमा प्रतिस्पर्धा गर्ने र साझा न्यूनतम कार्यक्रमका विषयमा छलफल हुँदैछ।
तर भारतीय जनता पार्टीसँग जुझ्न एकताबद्ध विपक्षीका लागि समेत ठूलो चुनौती छ।