खेल संसार
बंगलादेशविरुद्ध नेपाल विजयी, अञ्जनाले बचाईन् दुई पेनाल्टी
बंगलादेशविरुद्धको मैत्रीपूर्ण महिला फुटबल शृखंला नेपालले जितेको छ । आइतबार भएको अन्तिम मैत्रीपूर्ण खेलमा बंगलादेशलाई हराउँदै नेपालले शृखंला जितेको हो ।
ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको दोस्रो मैत्रीपुर्ण खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकर मार्फत गरिएको थियो । जसमा नेपाल ४–२ ले विजयी भयो ।
टाइब्रेकरमा नेपालको तर्फबाट सावित्रा भण्डारी, हिरा भुजेल, दिपा शाही, अनिता केसीले गोल गरे, भने बंगलादेशका लागि साम्सुनार र मोनिकाले गोल गरे ।
त्यस्तै बंगलादेशका खेलाडी मारिया मण्डा, सेइली अजिमको प्रहार गोलरक्षक अञ्जना रानामगरले बचाइन् । यसअघि पहिलो खेल नेपाल र बंगलादेशले १–१ को बराबरी खेलेका थिए ।