एसीसी इमर्जिङ टीम्स एशिया कपमा नेपाल पाकिस्तानसँग सहजै पराजित
श्रीलङ्कामा शुक्रवार सुरु भएको एसीसी इमर्जिङ टीम्स एशिया कपमा नेपाल सहजै पराजित भएको छ।
तर दुई महिनापछि हुने एशिया कपका लागि यो प्रतियोगिता ठूलो शिक्षा बन्ने देखिएको छ। टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालको निर्णय त्यतिखेर गलत साबित हुन पुग्यो, जब टोलीका ६ खेलाडी १० ओभरभित्रै आउट भए।
कुनै बेला १०० रन पनि कटाउन नसक्ने अवस्थामा पुगेको नेपाली टोलीले पाकिस्तानविरुद्ध १७८ रन बनायो। त्यसमा सोमपाल कामीले खेलेको साहसिक इनिङ्स प्रशंसनीय रह्यो। उनी एक्लैले ७५ रन बनाए।
सोमपाल कामीकै बुतामा नेपालले ३७ ओभरसम्म खेल धकेल्न सकेको हो। जबाफमा पाकिस्तानी टोलीले तेत्तिसौँ ओभरमा लक्ष्य पूरा गर्दै नेपाललाई चार विकेटले पराजित गर्यो।
त्यसमा सोमपाल कामीले खेलेको साहसिक इनिङ्स प्रशंसनीय रह्यो। उनी एक्लैले ७५ रन बनाए। सोमपाल कामीकै बुतामा नेपालले ३७ ओभरसम्म खेल धकेल्न सकेको हो।
जबाफमा पाकिस्तानी टोलीले तेत्तिसौँ ओभरमा लक्ष्य पूरा गर्दै नेपाललाई चार विकेटले पराजित गर्यो।