No Image Headlineअर्थ

पर्यटनबाट ५८ अर्ब आम्दानी हुँदा शिक्षा शुल्कमै बाहिरियो ८९ अर्ब 

पर्यटन क्षेत्रको आम्दानी बढे पनि शिक्षा क्षेत्रमा ठूलो पैसा नेपालबाट बाहिरिएको छ। भ्रमण आय ५८ अर्ब हुँदा व्यय १ खर्ब १९ अर्ब रहेको छ। जसमा ठूलो हिस्सा शिक्षातर्फको रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार सेवा खाताअन्तर्गत चालु वर्षको ११ महिनामा भ्रमण आय ९४।३ प्रतिशतले वृद्धि भई ५८ अर्ब ६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २९ अर्ब ८८ करोड रहेको थियो।

समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ३७.९ प्रतिशतले वृद्धि भई १ खर्ब १९ अर्ब ९९ करोड पुगेको छ। यसमध्ये शिक्षातर्फको व्यय ८९ अर्ब १८ करोड रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ८७ अर्ब ३ करोड रहेकोमा शिक्षातर्फको व्यय ५९ अर्ब ९९ करोड रहेको थियो।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button