No Image Headlineअर्थमुख्य खबर

सरकारले लियो १ वर्षमा सवा खर्बभन्दा बढी वैदेशिक ऋण, सबैभन्दा बढी कोसँग ?

गत आर्थिक वर्षको अन्त्यसम्म नेपाल सरकारले ८ देशसँग १ खर्ब ३१ अर्ब रुपैयाँ बरारबको ऋण लिएको छ।

अधिकांश ऋण बहुपक्षीय वित्तीय संस्थाबाट ऋण लिएको नेपालले दातृ राष्ट्रबाट पनि ऋण लिएर परिचालन गरेको छ।

महालेखा नियन्त्रकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८र७९ को अन्तिमसम्म नेपाल सरकारले ८ विभिन्न दातृ राष्ट्रसँग ऋण लिएको छ।

यी मध्ये सबैभन्दा धेरै जापान सरकारको ऋण रहेको छ। प्रतिवेदन अनुसार जापानको ऋण ४८ अर्ब ८९ करोड ९२ लाख रुपैयाँ रहेको छ। जापानको सहुलियत ब्याजदरको ऋण हो।

त्यस्तै दोस्रो धेरै ऋण भारतसँग रहेको छ। प्रतिवेदन अनुसार भारतसँग ३६ अर्ब ३५ करोड रुपैयाँ ऋण रहेको छ।

तेस्रो धेरै ऋण हुने मुलुक चीन हो। गत आर्थिक वर्षको अन्त्यसम्म चीनसँग ३५ अर्ब २९ करोड ऋण रहेको छ। चीन र भारतसँगको ऋणको ब्याजदर जापनकोभन्दा उच्च हुन्छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button