No Image Headlineअर्थ

घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति ?

नेपाल आयल निगमले सोमबार रातिबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

Patanjali Nepal
SweetMart Nepal

निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५/५ रुपैयाँ मूल्य घटाएको छ। त्यस्तै तराईको हकमा भने प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ।

यसैगरी सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले मूल्य घटाएको निगमले जनाएको छ।

यसपटक निगमले मूल्य समायोजन गर्दा तराई‚ विराटनगर‚ जनकपुर‚ वीरगन्ज‚ अमलेखगन्ज‚ भलवारी‚ नेपालगन्ज र धनगढी लाई पहिलो वर्गमा राखेको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ रहेका छन्। त्यस्तै तेस्रो वर्गअन्तर्गत काठमाडौं‚ पोखरा र दीपायललाई राखेर इन्धनको मूल्य समायोजन गरेको हो।

अब काठमाडौं‚ पोखरा र दीपालयमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५०/१५० रुपैयाँ कायम भएको छ।

त्यस्तै तराईमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६७.५ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४७.५र१४७.५ रुपैयाँ पर्नेछ।

सुर्खेतको र दाङमा भने पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६९ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४९/१४९ रुपैयाँ पर्नेछ। निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखेको छ।

वर्गअनुसार फरक फरक मूल्य तोकिएको छ। यता हवाई इन्धनमा भारी मूल्य घटाएको छ। तर एलपी ग्यासमा भने मूल्य समायोजन गरिएको छैन।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button