अर्थ
शेयर बजार : किन भए बिक्रेता हाबी, यसो भन्छन् जानकार
लगातार तीन कारोबार दिनमा नेप्से परिसूचक ५ दशमलव १४ प्रतिशत घटेको छ । गत बुधवारयता घटेको नेप्से त्यसपछिका कारोबार दिन आइतवार र सोमवार पनि घटेको हो ।
सोमवार नेप्से परिसूचक १ दशमलव ०२ प्रतिशत अर्थात् २१ दशमलव ३२ अंक घटेर २ हजार ७५ दशमलव ९७ विन्दुमा झरेको हो ।
परिसूचकसँगै कारोबार रकम पनि केही घटेको छ । यसअघिका केही दिन ५ अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा सोमवार भने त्यो रकम ४ अर्बमा झरेको छ ।
असार मसान्त नजिकिँदै गर्दा बजार प्रभावित भएको जानकारहरू बताउँछन् । बढेको बजारमा केहीले नाफा बुक गर्दा र केहीले बैंकको साँवा–ब्याज र अन्य करहरू तिर्नका लागि शेयर बेच्दा बजारमा सेलिङ प्रेसर परेको जानकारहरूको भनाइ छ ।