अर्थखबर फटाफट

जानकी अटोमोबाईल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा चुनिए केदार अग्रवाल

जानकी अटोमोबाईल्स एशोसिएसन अफ नेपाल मधेस प्रदेशको नयाँ कार्य समिति चयन भएको छ ।

एसोशिएसनको दोस्रो साधारणसभाले केदार अग्रवालको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

प्रथम उपाध्यक्ष राहुल अग्रवाल, द्वितिय उपाध्यक्ष किशोर भट्टराई, सचिव विकास ठाकुर, सहसचिव विवेक बेरिवाल, कोषाध्यक्ष संतोष जयसवाल, सहकोषाध्यक्ष दिपेन्द्र खेतान चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा विजय अग्रवाल, मुरारी रौनियार, बिरेन्द्र रौनियार, रवि सिकरिया, राजु गुप्ता, बजरंग यादव, सुशील सिंह र राकेश कुमार गुप्ता रहेका छन् ।

समितिको सल्लाहाकारहरुमा आनन्द अग्रवाल, संदीप मोहता, संदीप तुल्स्यान र अभिषेक चौधरीलाई चयन गरिएको छ ।

पदाधिकारी तथा कार्य समितिको सपथग्रहण समारोहमा अटोमोबाईल्स एशोसिएसन अफ नेपाल नाडाका अध्यक्ष डा.ध्रुव थापाले उदघाटन गरेका थिए । सरकारले राजस्वमा बढी योगदान दिने अटोमोबाईल्स क्षेत्रलाई उपेक्षा गरेको बताए । यो क्षेत्रले रोजगारी र वीमा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको दाबी उनको थियो ।

जानकी अटोमोबाईल्स एशोसिएनका अध्यक्ष तेजनारायण साहको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, नेपाल प्रहरी राजमार्ग सुरक्षा कार्यालय मधेस प्रदेश पथलैयाका प्रमुख प्रहरी उपरीक्षक संतोष भट्टराई, नाडा अटो मोबाइल्स एशोसिएशन अफ नेपालका उपाध्यक्ष राजबाबु श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा ट्राफिक प्रहरी निरीक्षक, सहायक प्रहरी निरीक्षक र ट्राफिक जवान गरी तीनजनाई सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button