No Image Headlineअर्थ

सिमरा खानेपानीमा पस्यो अख्तियार, बजार मूल्यभन्दा २५ प्रतिशत बढीमा खरीद !

सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति सिमरामा व्यापकरूपमा भ्रटाचार भएको भन्दै अख्तियार दुरपयोग अनुसन्धान आयोगको कार्यालय काठमाडौँमा उजुरी परेको छ ।

उजुरीमा समितिले खरिद गरेका सामाग्रीहरुमा २५ प्रतिशतसम्म बढी मूल्य तिरेर खरिद गरेको जनाइएको छ ।

उजुरीमा २० एमएमको पाइपमा साढे ७ रुपैयाँ बढी रकम तिरेर बिल बनाएको पाइएको छ । १५ हजार रुपैयाँ पर्ने सामानलाई साढे २२ हजार सम्मको बिल बनाइएको र हरेक सामानलाई बडि मूल्यको बिल बनाएर भ्रष्टाचार गरीएको आरोप लगाइएको छ ।

महमद सहित अन्सारी सहित ६ जनाले सामुहिक रुपमा दिएको उजुरीमा सस्थाका अध्यक्ष काशीम हुसैन अध्यक्ष भएपछि १५ सय घरधुरिलाई नयाँ धारा बाँडेको र प्रति धुरी ५० देखि ३०० मिटर सम्म पाइप खरिद गर्दा बढी रकम लिएको समेत उपभोक्ता समितिका अध्यक्ष र पदाधिकारीहरुबाट असुलउपर गराउन माग गरिएको छ ।

साथै यघि निर्माण गरिएको भवनमा समेत तोकिएकोभन्दा कमसल मापदण्डका निर्माण सामाग्री प्रयोग गरिएको,रु ६०० पर्ने सुर्या सिमेन्टलाइ ६५०मा खरिद गरेर संस्थामा व्यापक भ्रष्टाचार गरिएकोले तत्काल छानबिन गरी कारवाही गर्न माग गरिएको छ ।

यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय काठमाडौंले सो संस्थामा भएको भ्रष्टाचारको छानबिन सुरु गरेको जनाइएको छ ।

कार्यालयका अनुसार अहिलेसम्म के कसो भएको हो सबै यथार्थ विवरण माग गरेको छ । सो संस्थामा भएको भष्टचारले उपभोक्तालाई समेत एकपटक सोच्न बाध्य बनाएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button