No Image Headlineअर्थखबर फटाफट
सेयर बजारमा उच्च अंकको वृद्धि, नेप्से २१०० बिन्दुमाथि

सेयर बजार आइतबार उच्च अंकले वृद्धि भएको छ । सेयर बजार मापक नेप्से परिसूचक आज ६२.२१ अंकले बढेको हो । नेप्से परिसूचक आइतबार २१ सय विन्दुलाई पार गरेर बन्द भयो ।



आइतबार नेप्से परिसूचक ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा पुगेको छ । आइतबार ६ अर्ब ४९ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । यो कारोबार रकम विगत ६ महिनायताकै उच्च हो ।



पछिल्लो समय लगानीकर्ताहरुले सेक्टर परिवर्तन गर्दै लगानी गरेको देखिन्छ । आइतबार बीमा समूहमा लगानीकर्ताहरुको बढी आकर्षण देखिएको छ ।


