अन्तराष्ट्रिय
आङ सान सू चीलाई रिहा गर्न छोराको आग्रह
म्यान्मारकी सत्ताच्युत नेत्री आङ सान सू चीलाई कारावासबाट रिहा गर्न उनका कान्छा छोराले आग्रह गरेका छन्।
बीबीसी बर्मीजलाई लन्डनबाट दिएको हालसालैको एक अन्तर्वार्तामा किम एरिसले भनेका छन्, म मेरी आमालाई कारागारमा सड्न दिन सक्दिनँ। उनले सिङ्गो संसारलाई आफ्नी आमालाई सहयोग गर्न आग्रह गरे।
सन् २०२१ मा सैनिक नेतृत्वले सत्ता कब्जा गरेर उनको सरकारलाई अपदस्थ गरेपछि भएका विभिन्न चरणका अदालती कारबाहीपछि सू चीलाई ३३ वर्षको जेल सजाय तोकिएको छ।
त्यसपछि म्यान्मारको राजनीति गृहयुद्धमा फसेको छ र दशौँ हजार मानिसको ज्यान गइसकेको छ।