नेपाली युवा उद्यमी मञ्च ( एनवाईईएफ) वीरगञ्जको अध्यक्षमा उद्योगी सन्दीप अग्रवाल चयन भएका छन् । मञ्चको सोमबार वीरगञ्जमा सम्पन्न साधारणसभाले अग्रवाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
अग्रवाल यसअघि प्रथम उपाध्यक्ष थिए । सोमबार नै एक समारोहबीच मञ्चका पदाधिकारी तथा कार्य समिति सदस्यहरुको पदस्थापन भएको छ । निवर्तमान अध्यक्ष राकेश साहले अग्रवाललाई पदस्थापन गराए ।
नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा पंकज अग्रवाल, द्वितीय उपाध्यक्षमा विश्वासप्रताप साह, कार्य समिति सदस्यहरुमा विकास ठाकुर, चन्दन सिंह, सुरज रुंगटा, अक्षत साह, दीपल खन्ना, मनिषा सुनुवार श्रेष्ठ, किसन क्याल, राधा हमाल र मोहित गुप्ता रहेका छन् । आमन्त्रित कार्यसमिति सदस्यमा मनिष सिस्का र रिकेश साहलाई मनोनित गरिएको छ ।
सल्लाहकार समितिमा संस्थापक अध्यक्ष अरविन्द्र बहादुर अमात्य, पूर्वअध्यक्ष अनुप अग्रवाल, राहुल अग्रवाल र आशिषकुमार लाठलाई मनोनित गरिएको छ ।
सो अवसरमा वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंह, नेपाल उद्योग वाणिज्य महासंघ व्यापार समितिका सभापति डा. सुवोध गुप्ता, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल पटवारी, महासंघ मधेस प्रदेशका निवर्तमान अध्यक्ष गणेशप्रसाद लाठ, एनवाईइएफ एनजीसीका अध्यक्ष रितेश लामिछाने, एनवाईइएफ वीरगञ्जका पूर्वअध्यक्ष अनुप अग्रवाललगायतले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिएका थिए ।