अर्थमुख्य खबर

वीरगञ्जका ढुवानी व्यावसायीले किन बुझाउँदैछन् सिडिओलाई साँचो ?

ढुवानी व्यवसायीहरू आआफ्नो व्यवसाय बन्द गरेर विरोधमा उत्रिएका छन् । वीरगञ्जमा ढुवानी व्यावसायीहरुले ढुवानी बन्द गरेर व्यवसायको साँचो जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई बुझाउने भएका हुन् ।

Patanjali Nepal
SweetMart Nepal

उनीहरुले मंगलबारदेखि व्यवसाय बन्द गर्ने निर्णय गरेका छन् । सोमबार वीरगञ्जमा सम्पन्न व्यवसायीहरुको भेलाले स्थानीय प्रहरीको बद्नियत र प्रशासनको उदासीनताका कारण व्यवसाय नै गर्न नसकिने अवस्था आएको भन्दै आआफ्नो व्यवसाय बन्द गर्ने निर्णय गरेको हो ।
आफ्ना सरोकारहरु सम्बोधन नभएसम्मका लागि व्यवसाय बन्द गर्ने बाध्यता आइलागेको ढुवानी व्यवसायी संघ वीरगञ्जका अध्यक्ष बालकृष्ण पोखरेलले बताए ।

ढुवानी व्यवसायीले यसअघि ४ दिनभित्र आफ्ना माग पूरा गर्न भन्दै प्रशासनलाई ज्ञापनपत्र बुझाएका थिए । प्रशासनसमेत आफ्ना मागमा उदासीन भएको भन्दै उनीहरुले दोस्रो चरणको संघर्षमा उत्रिएका हुन् ।

भन्सारबाट मूल्यांकन भएर राजस्व तिरेर निस्किएको गाडी प्रहरीले सुराकीको बाहानामा समातेर राजस्व अनुसन्धान कार्यालयमा पठाउने गरेको र त्यस्तो सामानमा कुनै कैफियत नभेटिए पनि पटकपटक दुःख दिने काम भएको पोखरेलले बताए ।

वीरगञ्जमा करीब ५० जना व्यवसायीको सहभागितमा भएको भेलालले संघर्षमा उत्रिने निर्णय लिएको हो । प्रहरीले भने अवैध कारोबार नियन्त्रणका लागि प्रतिबद्ध रहेको बताउने गरेको छ ।

‘सबै कागजात भएको मालसामान समेत प्रहरी भन्सार गेट र बाटोमा समातेर राजस्वमा पु¥याउँछ । अनुसन्धानले त्यहाँ १०/१५ दिन लगाउँछ । यसको मार ढुवानी व्यवसायीलाई परेको छ,’ पोखरेलले भनेका छन् । भीसीटीएस भएको मालसामान समेत समातेर दुःख दिएको गुनासो उनले गरे ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button