No Image Headlineअर्थ

उकासिएन लगानीकर्ताको मनोवल, लगानी प्रतिबद्धता १ खर्बले घट्यो

चालु आव २०७९/८० को ११ महिनामा लगानी प्रतिबद्धता १ खर्ब रुपैयाँले घटेको छ । लगानीको वातावरण नहुनु, सरकारी नीतिगत समस्या र मन्दीका कारण लगानीमा उत्साह नदेखिएको हो ।

Patanjali Nepal
SweetMart Nepal

२ अर्ब ५ अर्ब १८ करोड ५१ लाख ८१ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । गत आवको ११ महिनामा २ सय ७९ उद्योगमा ३ खर्ब ३ अर्ब ९३ करोड ३३ लाख रुपैयाँ बरारबरको लगानी प्रतिवद्धता आएको थयो।

चालु आवको ११ महीनामा २ सय ८४ वटा उद्योग दर्ता भएका छन्। उद्योग विभागका अनुसार स्वदेशी तथा विदेशी लगानीका २ सय ८४ वटा उद्योग दर्ता भएका छन्। चालु आवको ११ महिनामा दर्ता भएको उद्योगको संख्या गत आवको सोही अविधको भन्दा बढी हो।

गत आवको ११ महिनामा जम्मा २ सय ७९ उद्योग दर्ता भएका थिए। चालु आर्थिक वर्षको ११ महिनमा कृषि तथा वनजन्य उद्योगतर्फ ६ वटा उद्योगमा लगानी प्रतिवद्धता आएको छ। यो क्षेत्रका उद्योगमा ९५ करोड ७७ लाख रुपैयाँको लगानी प्रतिवद्धता आएको छ।

विभागका अनुसार सबैभन्दा बढी लगानी प्रतिवद्धता आएको क्षेत्र ऊर्जा क्षेत्र हो। यो क्षेत्रका ४१ नयाँ योजनामा १ खर्ब ८ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ।

यसैगरी विभागका अनुसार सूचना प्रविधि क्षेत्र तर्फ ११ वटा उद्योगमा ६७ करोड ६४ लाखको लगानी प्रतिवद्धता आएको छ। साथै पूर्वाधारतर्फ एक उद्योगमा १३ करोड ३१ लाख रुपैयाँको लगानी प्रतिवद्धता आएको छ।

सबैभन्दा बढी दर्ता उद्योग भने उत्पादनमूलक उद्योग रहेका छन्। उत्पादनमूलक उद्योगतर्फ १ सय ७ वटा उद्योगमा ४० अर्ब ४३ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ।

विभागका अनुसार ११ महिनामा ५४ वटा होटलमा २३ अर्ब ९१ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ। यसैगरी सर्भिस क्षेत्रमा ५९ उद्योगमा ३० अर्ब १४ करोड रुपैयाँ र खनिज क्षेत्रका उद्योगतर्फ ४ वटा उद्योगमा ७६ करोड ४७ लाखको लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button