ओमानविरुद्ध नेपालको सहज जित
आइसीसी विश्वकप एकदिवसीय छनोटको आफ्नो अन्तिम वार्मअप खेलमा नेपालले ओमानलाई पराजित गरेका छ ।
जिम्बावेको हरारेमा बिहीबार भएको खेलमा ओपनर कुशल भुर्तेलको उत्कृष्ट शतकको सहयोगमा नेपालले ओमानलाई २ विकेटले पराजित गरेको हो ।
ओमानले दिएको २ सय ६८ रनको लक्ष्य नेपालले ४४ दशमलव ५ ओभरमा आठ विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि कुशल भुर्तेल ९४ बलमा सर्वाधिक १ सय १ रन, भीमले ७४ बलमा ५६ रन, आसिफ शेखले २३ को योगदान गरे ।
यस्तै कप्तान रोहितकुमार पौडेलले ३१, दीपेन्द्रसिंह ऐरीले २२ बलमा २६ रन बनाए । भने सन्दीप लामिछाने १ बलमा ६ रन बनाउँदै अविजित रहे ।
ओमानका लागि कप्तान जिशान मकसुदले १ सय ६ बलमा १ सय ९ रनको शतकीय ईनिङ खेले । त्यस्तै सोयब खानले ३८, सन्दीप गोडीले ३१ बलमा १५ तथा नसिम खुसिले ९ बलमा १७ रन बनाए ।
नेपालका लागि सोमपाल कामीले ५ तथा सन्दीप लामिछानेले ३ विकेट लिए । करण केसी, प्रतिश जि।सीले समान १/१ विकेट आफ्नो नाम गरे ।
विश्वकप छनोट आगामी आईतबारबाट सुरु हुनेछ । विश्वकप छनोटको पहिलो खेलमा नेपालले आईतबार घरेलु टोली जिम्बावेसँग खेल्नेछ ।