अन्तराष्ट्रिययस्तो पनि
जब मृत महिलाले आफ्नो अन्तिम संस्कारमा सास फेरिरहेको देखियो

ल्याटिन अमेरिकी देश एक्वडोरमा एक वृद्ध महिलाले आफ्नो अन्तिम संस्कारका बेला सास फेर्दै गरेको देखेर मानिसहरू अक्क न बक्क भएका विवरण आएको छ।



सम्भावित हृदयाघातका कारण ७६ वर्षे बेला मोन्टोयाको मृत्यु भएको अस्पतालले गत साता घोषणा गरेको थियो। चिहानमा गाड्नु अघि आफन्तहरूले लुगा फेर्ने तयारी गरिरहँदा उनले सास फेरिरहेको देखेका हुन्।



मोन्टोयाको अहिले अस्पतालको अति सघन कक्षमा उपचार भइरहेको छ।


