कला/साहित्य

चीनमा मौलाउँदै गरेको स्टयान्डअप कमेडीमाथि सेन्सरशिपको अङ्कुश

गत मे महिनाको मध्यतिर आफ्नो उपनाम हाउसबाट बढी चिनिने चीनका स्ट्यान्डअप कमेडी कलाकार ली खाउसहले आफूले घरमा ल्याएर पालेका कुकुरबारे एउटा किस्सा सुनाए।

Patanjali Nepal
SweetMart Nepal

बेइजिङका भरिभराउ दर्शकमाझ उनले आफ्ना कुकुरहरूले जित्नकै लागि लड्ने र उदाहरणीय संस्कार देखाउने बताए । चिनियाँ राष्ट्रपति सी जिन्पिङले चिनियाँ सेनाबारे बोल्दा यो पदावली प्रयोग गर्ने गरेका छन्।

यसले दर्शकहरूलाई हँसाउन त हँसायो, तर तीमध्येकै एकले पछि चिनियाँ ट्विटरका रूपमा चिनिएको वेबोमा त्यो किस्सा आफूलाई असहज लागेको कुरा लेखे। उनका अनुसार त्यसले जनसेनाको अपमान गरेको थियो।

लगत्तै सरकारी सञ्चार माध्यम र अधिकारीहरूले पनि त्यस किस्साले चिनियाँ सेनाको “गम्भीर अपमान” गरेको भन्दै भर्त्सना गरे। लीलाई पक्राउ गरियो। उनले काम गर्ने र चीनकै सबैभन्दा सफल स्ट्यान्डअप कमेडी समूहमध्ये एक शाउग्वलाई झन्डै डेढ करोड चिनियाँ वुआन वा २१ लाख अमेरिकी डलर जरिबाना तिराइयो।

यस घटनाले चीनमा तीव्र विकास भइरहेको जीवन्त स्ट्यान्डअप कमेडी क्षेत्रमा कडा प्रहार गरेको छ। सीको नियन्त्रणमुखी शासनमा सार्वजनिक अभिव्यक्तिका अन्य क्षेत्र पनि सङ्कुचित भए पनि स्ट्यान्डअप  कमेडीको उत्साहजनक विकास भइरहेको थियो र यसमार्फत् युवा पुस्ताले आफ्ना खुसी र दिक्दारीलाई रमाइलोसँग साट्ने गरेका थिए। तर स्वतन्त्रताको त्यो साँघुरो क्षेत्र अब खतरामा परेको हो त?

ली पक्राउ परेपछि हास्यव्यङ्ग्य क्षेत्रमा परेको प्रभावबारे बीबीसीले १३ कलाकार र दुई व्यवस्थापकसँग कुरा गर्न खोज्दा कसैले पनि मानेनन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button