अन्तराष्ट्रिय

बाँध भत्केपछि आएको बाढीका कारण युक्रेनमा आठ जनाको मृत्यु

Thrill Factory
Rungta Group

दक्षिणी युक्रेनमा शुक्रबार एउटा प्रमुख बाँध भत्किएपछि आएको बाढीबाट थप हताहत भएको र एक हप्ताभन्दा बढी समयसम्म पानीको बहाव बढ्न सक्ने रूसी अधिकारीहरूले बताएका छन् । तर, युक्रेनी अधिकारीले उक्त घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको र अन्य १३ जना हराइरहेको बताएका छन् ।

“दुर्भाग्यवश, त्यहाँ थप व्यक्ति हताहत भएका छन् । अहिलेसम्म बाढीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या बढेर आठ पुगेको छ,” मस्कोद्वारा स्थापित खेरसन क्षेत्रका प्रमुख भ्लादिमिर साल्दोले टेलिग्राममा भने ।

बाढीका कारण १७ वटा बस्तीका २२ हजार २७३ घरहरू डुबानमा परेको र पानी बढ्ने क्रम दश दिनसम्म जारी रहन सक्ने उनले बताए । मङ्गलबार आएको बाढीका कारण २४३ बालबालिकासहित पाँच हजार ८०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको साल्दोले बताए ।

साल्दोले युक्रेनी सेनाले उक्त क्षेत्रमा गोलाबारी गरेको आरोप लगाएका छन् । एएफपीका पत्रकारहरूले युक्रेनको नियन्त्रणमा रहेको खेर्सन शहर र आसपासका क्षेत्रमा रूसी स्थानबाट गोलाबारी भएको बताएका छन् ।

रूस र युक्रेनले निप्रो नदीमा रूसको नियन्त्रणमा रहेको बाँध भत्काउनुमा एकअर्कालाई दोषारोपण गर्दै आएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button