No Image Headlineदेश

भारतलाई खुशी पार्न भ्रमणकै दिन नागरिकता विधेयक प्रमाणीकरण !

Thrill Factory
Rungta Group

प्रधानमन्त्रीको दिल्ली भ्रमण हुनुभन्दा केही घण्टाअघि मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । प्रधामन्त्रीको भारत भ्रमणकै दिन बिहान राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी होल्ड गरेकी थिइन् । सरकारले सोही विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति पौडेललाई पठाइएको थियो ।

भारतले निकै चासो राख्दै आएको नागरिकताको इस्युमा भारतलाई रिझाउन भ्रमण शुरु हुनुअघि विधेयक प्रमाणीकरण भएको हो । २०६३ सालमा नागरिकता लिएकाहरुका सन्तानलाई नागरिकता दिन यो विधेयक प्रमाणीकरण जरुरी थियो । कानूनको अभावमा यिनीहरुले नागरिकता पाएका थिएनन् । तर, यही व्यवस्थाको आडमा पुनः भारतीयले नागरिकता लिन सक्ने भन्दै चिन्ता व्यक्त भइरहेको छ ।

२०६३ सालमा नागरिकता बितरण हुँदा पनि थुप्रै भारतीयले नागरिकता लिएका थिए । त्यतिबेला नागरिकता हात पारेकाहरुको अहिले पनि नेपाल र भारत दुवैतर्फको नागरिकता कायमै रहेको छ ।

 

राष्ट्रपतिले संविधानको धारा ६१ र ६६ बमोजिम विधेयक प्रमाणीकरण गरेको बताइएको छ । दुवै सदनले नागरिकता विधेयक हुबहु पारित गरेर २० भदौमा तत्कालीन सभामुख अग्नि सापकोटाले प्रमाणीकरणका लागि फेरि राष्ट्रपतिससमक्ष पठाए पनि भण्डारीले प्रमाणीकरण नगरी होल्ड गरेकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button