अन्तराष्ट्रिय
उत्तर कोरियाले अमेरिकी सेनाको निगरानी गर्न पठाएको भूउपग्रह समुद्रमा खस्यो

उत्तर कोरियाले आफूले अन्तरिक्षमा प्रक्षेपण गर्ने तयार पारेको एउटा भूउपग्रहमा खराबी देखिएपछि त्यो समुद्रमा खसेको जनाएको छ।



उक्त रकेट प्रक्षेपण गरिएपछि जापान र दक्षिण कोरियाले छोटो समयका लागि आफ्ना नागरिकहरूलाई सुरक्षित ठाउँमा आश्रय लिन भन्दै चेतावनी जारी गरेका थिए।



तर लगत्तै उनीहरूले त्यसलाई हटाएका थिए। उत्तर कोरियाली सञ्चारमाध्यमका अनुसार सैनिक निगरानीसँग सम्बन्धित उक्त भूउपग्रह समुद्रमा खसेको थियो।



दक्षिण कोरियाली सेनाले उक्त रकेट रेडारबाट गायब भएको र त्यो दुर्घटनाग्रस्त वा विस्फोटन भएको जनाएको छ।