No Image Headlineअर्थ

बैशाखमा बढ्यो नगद प्रवाह, के अर्थतन्त्र सुध्रिएको हो ?

Thrill Factory
Rungta Group

अर्थतन्त्रको बाह्य र आन्तरिक अवस्थामा सुधारसँगै बजारमा नगदको कारोबार पनि बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार वैशाखमा बजारमा चलनचल्तीमा रहेको नगद बढेको पाइएको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) को वैशाख मसान्तमा ६ खर्ब २३ अर्ब ८९ करोड रुपैयाँ नगद चलनचल्तीमा छ । २०७९ असार मसान्तमा ६ खर्ब १२ अर्ब २ करोड रुपैयाँ चलनचल्तीमा रहेकोमा वैशाखमा ११ अर्ब ८७ करोड रुपैयाँले वृद्धि भएको हो ।

चालू आवमा चलनचल्तीमा रहेको नगद लगातार घटेको थियो । कोभिड–१९ महामारी र रुस–युक्रेन तनावको बाछिटाले आर्थिक गतिविधिमा कमी आएसँगै बजारमा नगदको चलनचल्ती घट्न थालेको थियो । चालू आवकै साउनमा ५ खर्ब ९९ अर्ब रुपैयाँ नगद चलनचल्तीमा थियो । सरकार र राष्ट्र बैंकले आयात कडाइ गर्नुका साथै कसिलो मौद्रिक नीति जारी गरेपछि अर्थतन्त्रको सूचकमा सुधार देखिएको छ ।

वैशाखमा नेपाल राष्ट्र बैंकमा रहेको बैंक, वित्तीय संस्थाको रकम पनि बढेको छ । २०७९ असारमा नेपाल राष्ट्र बैंकमा बैंकहरूको १ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप रहेकोमा वैशाख मसान्तमा २ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । चालू आवदेखि राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात (सीआरआर) वृद्धि गरेपछि राष्ट्र बैंकमा रहेको निक्षेप बढेको हो ।

राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार वैशाखमा देशको शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चिति, सञ्चिति पर्याप्ततालगायत सूचक सहज अवस्थामा पुगेका छन् । यससँगै उच्च विन्दुमा पुगेको बैंकको आधारदर र ब्याजदर घट्न थालेको छ भने निक्षेप संकलन तथा कर्जा प्रवाहमा पनि सुधार देखिएको राष्ट्र बैंकले औंल्याएको छ ।

आयात घट्नुका साथै विप्रेषण बढ्दा राष्ट्र बैंकसँग रहेको विदेशी मुद्रा सञ्चितिसमेत बढेको छ । असारमा राष्ट्र बैंकसँग कुल ११ खर्ब ४४ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति रहेकोमा वैशाख मसान्तमा बढेर १४ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ ।

अर्थतन्त्रको बा≈य क्षेत्रमा देखिएको दबाबका कारण चालू आवमा कसिलो मौद्रिक नीति लिएको राष्ट्र बैंकले तेस्रो त्रैमासिक समीक्षाबाट ‘सजगतापूर्वक केही लचिलो’ बनाएको छ । मौद्रिक नीतिको कसिला प्रावधानका कारण लगातार उकालो लागेको ब्याजदर घट्न थालेको छ । यस्तै बैंकहरूमा निक्षेप तथा कर्जा पनि वृद्धि हुन थालेको देखिएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत बैंकदर १ दशमलव ५ प्रतिशत विन्दुले घटाएर ८ दशमलव ५ प्रतिशत कायम गरेको छ । नीतिको अर्धवार्षिक समीक्षाबाट बैंकदरमा उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधालाई नीतिगत दर ७ प्रतिशतमा उपलव्ध गराउने व्यवस्था गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button