कला/साहित्य

सकियो तलास २ को छायांकन

Thrill Factory
Rungta Group

 फाल्गुनन्द लिङदेन फिल्मस् र यल्लीवूड फिल्मस्को संयुक्त लगानीमा निर्माणाधीन फिल्म ‘तलास २’ को छायांकन पूरा भएको छ ।

दिनेश लिङ्देनको निर्देशन रहेको फिल्म काठमाडौं, झापासहित पूर्वका विभिन्न स्थानमा छायांकन गरिएको हो । निर्देशक लिङ्देनले फिल्मले हत्या, अपहरण, मानव बेचबिखनको चपेटामा परेका नेपाली महिलाहरूले भोग्नु परेको विषयवस्तुमा बनाएको बताए ।

फिल्ममा रुद्र पाहिम, पुष्पाञ्जली तिलिङ, शैलेन्द्र नाल्बो, रोहन सेन्चुरी, विमला खजुम, राजकुमार शाह, शर्मिला शर्मा, पूर्ण सेलिङ, तेज मेन्याङबो, सागर केरुङ, दिलिप योङहाङ, दिपेन्द्र नाल्बो, पूर्ण ओझा र राजु घिमिरेको अभिनय छ ।

सो फिल्ममा विकास चौधरीको संगीतमा राजेशपायल राई, मेचु धिमाल, सुवास राईको स्वर रहेको तथा कमल राईको नृत्य, कुमार महर्जनको द्वन्द्व र सुमन योञ्जनको छायांकन छ ।

सुदिता लिङ्देनको प्रस्तुति रहेको फिल्ममा लिलाराज काम्बाङ सह-निर्माता र शैलेन्द्र नाल्बो निर्माता छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button