No Image Headlineअन्तराष्ट्रिय
भारतद्वारा दुई हजारको नोट चलनचल्तीबाट हटाउने घोषणा, के छन् आरबीआईका नयाँ नियम?
भारतको रिजर्भ बैंकले दुई हजार दरका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको छ । शुक्रवार जारी गरेको विज्ञप्तिमा आरबीआईले यी नोटहरू वैध रहने र ३० सेप्टेम्बर २०२३ सम्म बैंकहरूमा जम्मा गर्न सकिने जनाएको छ।
सर्वसाधारणले आफ्नो बैंक खातामा दुई हजारका नोट जम्मा गर्न वा जुनसुकै बैंक शाखामा गएर नोट साट्न सक्ने विज्ञप्तिमा उल्लेख छ।
यद्यपि बैंक खातामा जम्मा गर्नका लागि कुनै सीमा तोकिएको छैन र त्यसमा विद्यमान कानूनहरू मात्र लागु हुनेछन्।
के छन् आरबीआईका नयाँ नियम?
- मे २३, २०२३ देखि नोटहरू तपाईँको बैंक खाता वा कुनै पनि ब्याङ्कमा साट्न सकिन्छ
- कुनै पनि बैंक शाखामा एक पटकमा २०,००० सम्म जम्मा गर्न सकिन्छ
- यी सबै प्रक्रिया तोकिएको समयभित्र सम्पन्न गर्न र जनतालाई पर्याप्त समय दिनका लागि सबै बैंकहरूमा सेप्टेम्बर ३०, २०२३ सम्म रकम जम्मा गर्ने सुविधा उपलब्ध हुनेछ
- आरबीआईले बैंकहरूलाई तत्काल नयाँ दुई हजारका नोट जारी गर्न बन्द गर्न भनेको छ
- आरबीआईले यसअघि ५०० र एक हजार दरका नोट बन्द भएपछि अर्थतन्त्रमा मुद्राको आवश्यकता पूरा गर्न दुई हजारका नोट जारी गरिएको बताएको छ
- आरबीआईका अनुसार साना नोटको आपूर्ति सहज भएपछि सन् २०१८-१९ मा दुई हजारका नोट छाप्न रोकिएको थियो
- आरबीआईका अनुसार दुई हजारको ८९ प्रतिशत नोट मार्च २०१७ अघि जारी गरिएको थियो