खेल संसार

दक्षिण एसियाली युथ टेबलटेनिसमा नेपाललाई स्वर्ण

Thrill Factory
Rungta Group

नेपाल दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसीपमा आज स्वर्ण पदक जितेको छ । नेपालले यु–१९ छात्र टिम स्पर्धामा स्वर्ण जितेको टिम प्रशिक्षक सञ्जय अर्यालले जानकारी दिए ।

भारतको अरुणाचल प्रदेशस्थित इटानगरमा भएको उक्त प्रतियोगितामा नेपालले राउन्ड रोविन लिगमा सर्वाधिक अङ्क बटुल्दै स्वर्ण जितेको हो । सो स्पर्धामा नेपालसहित चार राष्ट्रले प्रतिस्पर्धा गरेका थिए ।

नेपालले बङ्गलादेशलाई ३–० तथा माल्दिभ्सलाई ३–२ ले पराजित गरेको थियो । श्रीलङ्कासँग भने नेपाल ३–१ ले चुक्यो । नेपालबाट सुजल गडाल, विश्व बानियाँ, विशाल गोले र सिद्धार्थ तामाङले प्रतिस्पर्धा गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button