अन्तराष्ट्रिययस्तो पनि

धेरैले हेर्ने भिडिओ बनाउन विमान दुर्घटना

भिडिओ हेरिने सङ्ख्या (भ्युज) बढाउनका लागि नियतवश एक विमान दुर्घटना गराएका युट्युबरले दुर्घटनास्थल सफा गरेर सङ्घीय अनुसन्धानलाई अवरोध गरेकोमा दोष स्वीकारेको अमेरिकी अभियोजनकर्ताहरूले बताएका छन्।

२९ वर्षीय ट्रेभर ज्याकोबले सन् २०२१ को डिसेम्बरमा उक्त विमान दुर्घटनाको भिडिओ युट्युबमा पोस्ट गरेका थिए।

उनले त्यो दुर्घटना नै भएको भन्दै जोड दिएको उक्त भिडिओलाई अहिलेसम्म २९ लाखभन्दा धेरै पटक हेरिएको छ।

अदालतमा प्रस्तुत गरिएको दलिलमा उनले उक्त भिडिओ एउटा वस्तुको प्रायोजन सम्झौता अन्तर्गत खिचिएको जनाएका छन्।

उनलाई २० वर्षसम्मको सजाय हुनसक्छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button