खेल संसार

गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

Thrill Factory
Rungta Group

बाराको निजगढमा जेठकाे पहिलो साता अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । मधेस प्रदेश तेक्वान्दो संघको आयोजनामा जेठ ४ गतेदेखि ६ गते सम्म अन्तर्राष्ट्रियस्तरको गढीमाई तेक्वान्दो प्रतियोगिता हुन लागेको हो ।

उक्त प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान, कोरिया र जापानका खेलाडीले सहभागिता जनाउने भएका छन् । मधेस प्रदेश तेक्वान्दो संघका अध्यक्ष पेमासिद्धि लामाले ६ वटा देशका दुई सय ४० खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिए ।

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लामाले गेरोगी फाइटतर्फ एक सय ८० र पुम्सेतर्फ ६० जना खेलाडीले प्रतिस्पर्धा जनाउने बताए।

अध्यक्ष लामाका अनुसार गेरोगीतर्फ १३ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने पुम्सेतर्फ १० वर्षदेखि १८ वर्षसम्मको विभिन्न प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा नेपालबाहेक अन्य देशबाट बढीमा पाँच जना खेलाडीले सहभागिता जनाउनेछन् भने नेपालबाट आयोजकसहित सबै प्रदेशका खेलाडी सहभागी हुनेछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button