खेल संसार

चेन्नईलाई राजस्थानले ३२ रनले हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गए रातिको खेलमा राजस्थान रोयल्सले सानदार जित निकालेको छ।

Patanjali Nepal
SweetMart Nepal

राजस्थानको घरेलु सवाईमान सिंह क्रिकेट स्टेडियममा भएको आईपीएलको ३७औं खेलमा चेन्नाई सुपर किंग्सलाई ३२ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा उक्लिएको छ ।

पहिले ब्याटिङ गर्दै राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रनको योगफल तयार पारेको थियो । जितका लागि २०३ रनको लक्ष्य पछ्याएको चेन्नाईले ६ विकेटको क्षतिमा १७० रनमात्र बनाउन सक्यो ।

यो जितसँगै राजस्थान अंक तालिकाको पहिलो स्थानमा पुग्न सफल भएको छ । आठ खेलमा पाँच जित र तीन हारका साथ राजस्थान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । यस्तै चेन्नाई पहिलो स्थानबाट तेस्रो स्थानमा झरेको छ । आठ खेलमा पाँच जित र तीन हारका साथ चेन्नाई तेस्रो स्थानमा खस्किएको छ ।

यस सिजन दुई टोलीबीचको पहिलो भेटमा पनि राजस्थानले रोमान्चक जित निकालेको थियो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button