अर्थखबर फटाफट

नेपाल–भारत सहयोग मंचको भूमिका सराहनीय-वरिष्ठ उद्योगी बाबुलाल चाचान

वरिष्ठ उद्योगपति बाबुलाल चाचानले नेपाल–भारत सम्बन्धलाई प्रगाढ बनाउन नेपाल भारत सहयोग मञ्चको भूमिका सराहनीय रहेको बताएका छन् ।

Patanjali Nepal
SweetMart Nepal

मंचका पूर्वअध्यक्ष रहेका चाचानले मंचले आयोजना गरेको साधारणसभामा नेपाल र भारतको सांस्कृतिक, समाजिक र राजनितीक समबन्धलाई बलियो बनाउन मंचले निर्वाह गरेको भूमिका अत्यन्तै प्रशंनीय रहेको पनि बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष चाचानले नेपालको सीमाञ्चल क्षेत्रमा अवस्थित वीरगंजमा रहेको मंचको भूमिका र कार्यभार अत्यन्तै गहन रहेको स्पष्ट पारे । मंचले आफ्ना संस्थागत भूमिकालाई अझै फरकिलो र बिस्तार गर्ने अपेक्षा उनको थियो ।

नेपाल भारत सहयोग मंचका अध्यक्ष अशोककुमार बैदले नेपाल भारत सहयोग मंचले नेपाल र भारतबीच विद्यमान जनस्तरको सम्बन्धलाई व्यापक र प्रगाढ बनाउने दिशामा निरन्तर क्रियाशील रहने बताए ।

मंचको क्रियाकलापलाई समयसापेक्ष विस्तार गर्ने क्रममा गोष्ठी, अन्तरक्रिया तथा राष्ट्रिय, समाजिक मुद्दाबारे संस्थागत धारणा अभिव्यक्त गर्दै आएको पनि बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य एवम् वीरगंज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुबोधकुमार गुप्ताले नेपाल भारत सहयोग मंचका कार्यहरु अन्य संस्थाहरुका लागि अनुकरणिय रहेको बताए । नेपाल र भारतबीचका व्यावसायिक, सामाजिक र सांस्कृतिक सम्बन्धलाई नयाँ कोणबाट विश्लेषण गर्दै थप उचाइमा लैजानुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले नेपाल भारत सहयोग मंचको वार्षिक साधारणसभा औपचारिक र नियमित प्रक्रिया भएता पनि यसकोअन्तरनिहित महत्व अत्यन्तै ठुलो रहेको बताए ।

हालै सरकारबाट सुप्रबल जनसेवा श्री पदक पाएका रुंगटा वेलफेयर सोसाईटीका अध्यक्ष तथा बरिष्ठ उद्योपति मुर्लीधर रुंगटा, मंचका अध्यक्ष अशोक कुमार बैद्य, मंचका सचिव डा सुबोध कुमार गुप्ता, र मंचकी सदस्य शमी कुमारी अग्रवाललाई मंचले सम्मानित गरेको थियो ।

कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति डा दिपक शाक्य, वीरगंज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष गोपाल केडिया, मधु राणालगायतले कार्यक्रमको सफलताको कामना गरेका थिए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button