अर्थ

महालेखाको प्रश्न-स्प्रेड दर किन कार्यान्वयन भएन ?

महालेखा परीक्षकको कार्यालयले नेपाल राष्ट्र बैंकले तोकेको स्प्रेड दर बैंक तथा वित्तीय संस्थाले प्रभावकारी कार्यान्वयन नगरेको भन्दै प्रश्न उठाएको छ ।

Patanjali Nepal
SweetMart Nepal

बैंक तथा वित्तीय संस्थाको ब्याज आय र ब्याज खर्चको विवरण हेर्दा अन्तर उल्लेख्य देखिएकाले ब्याज आय तथा खर्चमा हुने फरक स्प्रेड दरको प्रभावकारी अनुगमन गरी तोकिएको सीमामा राख्नुपर्ने महालेखाले औंल्याएको छ ।

‘बैंक तथा वित्तीय संस्थाहरूको ब्याज आय ब्याज खर्चभन्दा सन् २०२०/२१ मा १ खर्ब ७५ अर्ब ६५ करोड ६० लाख र सन् २०२१/२२ मा २ खर्ब ८ अर्ब ८२ करोड १० लाख बढी देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ, पूँजी तथा कोषको रकम समेत लगानी हुँदा ब्याज आय रकम केही बढी हुनु स्वाभाविक भए पनि ब्याज आय र खर्चको अन्तर उल्लेख्य देखिएकाले स्प्रेड दरको प्रभावकारी अनुगमन गरी तोकिएको सीमामा राख्नुपर्छ ।’

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button