अर्थ

प्रधानमन्त्री रोजगार कार्यक्रम, वैदेशिक ऋणमा अनुत्पादक उपक्रम

महालेखाले प्रधानमन्त्री रोजगार कार्यक्रममा भएको खर्चमाथि प्रश्न उठाएको छ । सरकारको महत्त्वाकांक्षी प्रधानमन्त्री रोजगार कार्यक्रमले अपेक्षित प्रतिफल नदिएको निक्र्यौल महालेखाको छ ।

Patanjali Nepal
SweetMart Nepal

प्रतिवेदनले यो कार्यक्रममा १३ अर्ब २ करोड खर्च भइसके पनि उत्पादक काममा खर्च नभएको बताएको छ ।

महालेखाले वैदेशिक ऋणबाट सञ्चालित कार्यक्रमले उत्पादन वृद्धि र पूँजी निर्माण गर्नुपर्नेमा अनुत्पादक कार्यमा खर्च गरेको भेटिएको उल्लेख गरेको छ ।

सरकारले विश्व बैंकसँग ऋण लिएर यो परियोजना सञ्चालन गरेको हो । देशभित्र रोजगारीका पर्याप्त अवसर सृजना गरी उपलब्ध जनशक्तिको उच्चतम उपयोग गर्दै आर्थिक विकासमा योगदान पुर्‍याउने तथा सबैका लागि न्यूनतम रोजगारी सुनिश्चित गरी सामाजिक सुरक्षाको व्यवस्था गर्ने उद्देश्यले यो कार्यक्रम ३ वर्षदेखि सञ्चालनमा छ ।

कार्यक्रमबाट मुख्यतः सडक नाला सफा गर्ने, विद्यालयको खेल मैदान तथा गोरेटो, घोडेटो बाटो निर्माण तथा ससाना पूर्वाधार निर्माण र सरसफाइजस्ता कार्य गरेको देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

उत्पादन वृद्धि र पूँजी वृद्धि हुने खालका काम नभएको भनी महालेखाले यो कार्यक्रमको आलोचना गरेको छ ।

महालेखाले कार्यक्रमको दिगोपना र अपनत्वका लागि स्थानीय तहसँग लागत साझेदारी गरी सञ्चालन गर्ने तथा रोजगार व्यवस्थापन सूचना प्रणालीलाई स्तरोन्नति र अद्यावधिक गर्नुपर्ने बताएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button