नेपाल उद्योग वाणिज्य महासंघमा नवनिर्वाचित केन्द्रीय कार्यकरिणी सदस्य डा. सुबोधकुमार गुप्ता विभुषित भएका छन् ।
नेपाल सरकारले गुप्तालाई शुक्रबार प्रबल जनसेवा श्री चतुर्थबाट विभुषित गरेको हो । नयाँ वर्षको अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा गुप्तालाई राष्ट्रपति रामचन्द्र पौडेलले सो पदवी प्रदान गरेका हुन् ।
नेपाल चामल दाल तेल उद्योग संघका केन्द्रीय अध्यक्ष र वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्षसमेत रहेका गुप्तालाई गत संविधान दिवसको अवसरमा सो पदवी दिने घोषणा गरिएको थियो ।
गुप्ताले उद्योग, व्यापार, निजीक्षेत्रका संघ÷संस्थाको नेतृत्वमार्फत अर्थतन्त्रमा पु¥याएको योगदान र कोरोना महामारीको समयमा सामाजिक सेवामा पु¥याएको योगदानका लागि सो पद्वी प्रदान गरिएको हो ।