No Image Headlineदेश

जनमत पार्टीले किन छोड्यो सरकार ?

प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गरेकै दिन पहिला गरिएको प्रतिबद्धताविपरीत उद्योग मन्त्रालय आफूलाई नदिइएको भन्दै जनमत पार्टी सरकारबाट अलग भएको छ।

उक्त दलका अब्दुल खान यसअघि खानेपानी मन्त्री थिए। खानले नयाँ मन्त्रीहरूको शपथअघि प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर राजीनामा बुझाएका थिए।

सरकारलाई समर्थन गरेको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि मन्त्रिपरिषद्‌मा सहभागी भएको छैन।

यसअघि एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासहितको समर्थनमा प्रचण्डको नेतृत्वमा सरकार गठन भएको थियो।

पछि छुट्टाछुट्टै सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा सरकारबाट बाहिरिएका थिए। राष्ट्रपति निर्वाचनको विषयमा मत नमिलेपछि राप्रपा र एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।

त्यसयता सरकारमा माओवादी केन्द्रका चार मन्त्री र एक राज्यमन्त्री तथा जनमत पार्टीका एक मन्त्री मात्रै थिए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button