देशमुख्य खबर

प्रधानमन्त्री प्रचण्डले गरे मन्त्रिपरिषद विस्तार, कसलाई कुन मन्त्रालय ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएको तीन महिना नाघिसक्दा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी सहितका दलहरूलाई समावेश गरेर मन्त्रिपरिषद्‌ पुनर्गठन गरेका छन्।

Patanjali Nepal
SweetMart Nepal

नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका छन्।

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रतिनिधिसभामा फेरि विश्वासको मत प्राप्त गरेका प्रचण्डले साझेदार दलका शीर्षस्थ नेताहरूसँग भएको सहमतिअनुसार सरकारमा अहिले महत्त्वपूर्ण परिवर्तन गरेका हुन्।

तर अझै पनि मन्त्रिपरिषद्ले पूर्णता भने पाइसकेको छैन। परराष्ट्र र कानुनसहितका केही मन्त्रालय प्रधानमन्त्री आफैँले राखेका छन्।

नेपाली कांग्रेसको टोलीको नेतृत्व गर्दै रक्षा मन्त्रालयको उत्तरदायित्व लिएर पूर्णबहादुर खड्का सरकारमा उपप्रधानमन्त्री नियुक्त भएका छन्।

यद्यपि प्रचण्डले आफ्नो अडानअनुसार उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री बनाएका छन् भने नेपाली कांग्रेसको भागमा अर्थ मन्त्रालय पनि परेको छ।

नेपाली कांग्रेसमा पार्टी नेता शेखर कोइरालाले नेतृत्व गरेको पक्षले मन्त्रिपरिषद्‌मा आफ्नो समूहको सम्मानजनक प्रतिनिधित्वको माग गरेपछि शुक्रवार सभापति देउवाले आफू पक्षका चार नेताको नाम मात्रै शपथग्रहणका लागि पठाएका थिए।

कोइराला पक्षले तीन मन्त्री माग गरेको तर सभापति देउवा दुई जना मात्रै दिन तयार रहेको विवरणहरू आएका छन्। साझेदार दलहरूसँग शक्ति बाँडफाँट र मन्त्रालयबारे कुरा मिल्न नसकेपछि मन्त्रिपरिषद् विस्तारमा विलम्ब हुन गएको थियो। यसअघिसम्म प्रधानमन्त्रीले आफूसँगै १६ मन्त्रालय राखेका थिए।

कसलाई कुन मन्त्रालय ?

उपप्रधान तथा रक्षा-पूर्णबहादुर खड्का (नेपाली कांग्रेस)
उपप्रधान तथा गृह-नारायणकाजी श्रेष्ठ (माओवादी केन्द्र)
कृषि तथा पशुपक्षी विकास-बेदुराम भुसाल (नेकपा एकीकृत समाजवादी)
शिक्षा, विज्ञान तथा प्रविधि-अशोक राई (जसपा)
श्रम, रोजगार तथा सामाजिक सुरक्षा-शरतसिंह भण्डारी (लोसपा)
अर्थ-प्रकाशशरण महत (नेपाली कांग्रेस)
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक-महिन्द्र राय यादव (नेपाल समाजवादी पार्टी)
ऊर्जा, जलस्रोत तथा सिँचाइ-शक्तिबहादुर बस्नेत (माओवादी केन्द्र)
भौतिक पूर्वाधार-प्रकाश ज्वाला (नेकपा एकीकृत समाजवादी)
भूमि व्यवस्था तथा सहकारी-रञ्जिता श्रेष्ठ (नागरिक उन्मुक्ति पार्टी)
उद्योग, वाणिज्य तथा आपूर्ति-रमेश रिजाल (नेपाली कांग्रेस)
सहरी विकास-सीता गुरुङ (नेपाली कांग्रेस)

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button