No Image Headlineदेश

भागबण्डामा कुरा मिल्नै कठिन, मन्त्रिपरिषद विस्तार धकेलिँदै

सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालयको भागबण्डा मिल्न नसक्दा मन्त्रिपरिषद विस्तारमा ढिलाई भइरहेको छ ।

गत चैत ६ गते विश्वासको मत लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चारदिनभित्रै मन्त्रिमण्डललाई पूर्णता दिने भने पनि एकजना पनि मन्त्री थप्न सकेका छैनन्।

प्रधानमन्त्रीले १६ वटा मन्त्रालय एक्लै सम्हालेको महिना दिन बित्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। गठबन्धनमा मन्त्रालयको भागबण्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ हुँदै आएको छ।

मन्त्रिपरिषद् विस्तारमा नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले बढी मन्त्रालय दाबी गरेका छन्। नेकपा एस र जसपाले तीन तथा लोसपाले दुई मन्त्रालय दाबी गरेपछि बैठक निष्कर्षविहीन बन्दै आएको छ।

साझा कार्यक्रममा सहमति जुटाएर मन्त्रालय बाँडफाँटको आफ्नो खाका बैठकमा पेस गर्ने प्रधानमन्त्रीको तयारी थियो।

कांग्रेसले ९, जसपा र एसले ३,३ तथा लोसपाले २ मन्त्रालयमा दाबी गरेका थिए। दलहरूले पाउनेभन्दा बढी मन्त्रालयको दाबी गरेपछि समाधानको गाँठो फुक्नुभन्दा झन् कसिँदै गएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button