अन्तराष्ट्रिय
उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण

उत्तर कोरियाले पानीभित्र आणविक आक्रमण गर्न सक्ने ड्रोनको सफल परीक्षण गरेको जनाएको छ ।
उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले भनेको छ, ‘ परीक्षण सफल भएको सो ड्रोनले पानीभित्र आणविक आक्रमण गरी सुनामी उत्पन्न गर्नेसहित पानीजहाज तथा बन्दरगाहहरु ध्वस्त गर्न सक्ने क्षमता राख्दछ ।’


उत्तर कोरियाली नेता किम जोङ उनले ड्रोन परीक्षणलाई दिशानिर्देश गरेको र अब वासिङटन तथा दुस्मन देशहरूलाइ उत्तर कोरियाको आणविक क्षमताको महसुस गराउन ड्रोनको सफल परीक्षण गरेर सन्देश दिइएको उत्तर कोरियाली मिडियाले जनाएका छन् ।
दक्षिण कोरियाका योनहाप समाचार एजेन्सीलेका अनुसार समुद्री क्षेत्रमा नक्कली शत्रुहरु माथि निशाना लगाउनका लागि उत्तर कोरियाले उक्त ड्रोन परीक्षण गरेको प्रारम्भिक प्रतिक्रिया दिएको छ ।