यस्तो पनि

एयर इन्डियाको जहाज १९ हजार फिटबाट एक्कासी १५ हजार फिटमा झरेपछि …

Thrill Factory
Rungta Group

सिमरा आसपासको आकाशमा उडान गरिरहेका नेपाल एयरलाइन्स र एयर इन्डियाको जहाज दुर्घटनाबाट जोगिएका छन्। उडानका क्रमका टावरको अनुमतिबिना एयर इन्डियाले कम उचाइमा जहाज झार्दा दुर्घटनाको जोखिम भएको थियो।

शुक्रबार बिहान मलेसियाबाट काठमाडौंका लागि उडेको कलसाइन नाइन एकेडब्लू एयरबस ३२० हेटौँडा सिमरा आसपासको आकासमा १५ हजार फिटको उचाइमा होल्ड लिँदै उडिरहेको थियो।

निगमको जहाजलाई विमानस्थल टावरले पनि १५ हजारकै फिटबाट उडानको अनुमति दिएको थियो। तर सोही समयमा दिल्लीबाट काठमाडौं उडान गरिरहेको एयर इन्डियाको जहाजलाई सोही क्षेत्रमा १९ हजार फिटको उचाइमा होल्ड हुँदै उडानको अनुमति दिइएको थियो।

तर एक्कासी एयर इन्डियाको जहाज नेपाल एयरलाइन्सकै जहाज उडान गरिएको लाइनमा प्रवेश गरेको विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। टावरले भने एयर इन्डियाले १५ हजारको फिटमा आउन अनुमति दिएको थिएन।

एयर इन्डियाको जहाज अनुमति बाहिरको क्षेत्रमा आएपछि नेपाल एयरलाइन्सको जहाज अलर्ट सूचना आएपछि जहाज डिसेन्ट गरिएको थियो भने एयर इन्डियाको जहाजलाई माथि पठाइएको उनले बताए।

दुईवटा जहाजमा गरी ३ सय ५० यात्रु सवार थिए। यस विषयमा अब नेपाल नागरिक उड्डयन प्राधिकरणले दुईजहाजबीचको उचाइ र एकै लाइनमा कति नजिक थिए भन्ने विषयमा थप अध्ययन गर्ने भएको छ।

यसअघि कतार एयरवेज, नेपाल एयरलाइन्स र बुद्ध एयरका जहाज पनि एउटै लाइनमा प्रवेश गरेको विषयमा अनुसन्धान भइरहेको छ।

उही प्रकृतिका घटना बारम्बार दोहोरिएपछि यस विषयमा प्राधिकरणले थप अध्ययन गर्ने भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button