No Image Headlineदेशमुख्य खबरविशेष

पूर्वराजा र तत्कालीन ७ दलबीच भएको सहमतिको खुलासा, सहमति के थियो ?

तत्कालीन ७ दल र पूर्वराजा ज्ञानेन्द्र शाहबीच भएको भद्र सहिमतिबारे बेलाबेलामा चर्चा हुने गर्दछ ।

पूर्वराजाले दलहरुले सहमति पालना नगरेको र सहमतिविपरीत राजसंस्था नै हटाएको बताउँदै आएका छन् ।

पूर्वराजाले त्यसबेला राजसंस्था र तत्कालीन ७ दलबीच सहमति भएको बताए पनि सहमतिबारे खुलाएका थिएनन् ।

हालै राष्ट्रिय प्रजातन्त्र पार्टीका चार जना नेताहरू र पूर्वराजा ज्ञानेन्द्र शाहको झापाका भएको भेटपछि पुनः यो विषयले चार्चा पाएको छ ।

विगत केही महिनादेखि झापाको दमकमा बस्दै आएका पूर्वराजासँग त्यसअघि गत महिना राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भेट गरेका थिए। त्यो उनको दुई महिनामै दोस्रो भेट थियो।

फागुन एक गते झापाका व्यवसायी दुर्गा प्रसाईँले सुरु गरेको एउटा अभियानको उद्घाटनमा सहभागी भएका पूर्वराजा शाहलाई भेट्न पुगेका राप्रपा नेताहरूले नेपालमा गणतन्त्र घोषणाअघि दलहरूसँग भएको दाबी गरिएको भद्र सहमति कार्यान्वयनबारे छलफल गरेको मिश्रले बताएका छन्।

“संसद्ले उत्तराधिकारी निर्धारण गर्ने र छोरी पनि उत्तराधिकारी हुनसक्ने र गद्दीमा आसीन हुनसक्ने भनेर निर्णय गरेको थियो,” भेटबारे मिश्रले बीबीसीलाई बताएका छन् । त्यो सहमतिमा फर्किनुपर्छ भन्ने हामीले उठाएका थियौँ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button