अन्तराष्ट्रिय

विश्वमा इतिहासमा आज : पाकिस्तान विश्‍वकै पहिलो इस्लामिक गणतन्त्रदेखि भगत सिंहको हत्यासम्म

Thrill Factory
Rungta Group

आज २३ मार्च, विश्‍व इतिहासका विभिन्‍न घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही घटनाको सारसंक्षेप :

  • सन् २००१- रुसी अन्तरिक्ष यान खस्यो समुद्रमा

सन् २००१ मा आजकै दिन रुसी अन्तरिक्ष यान ‘मिर’लाई पृथ्वीमा ओरोलेर समुद्रमा खसाइएको थियो। यो यानले १५ वर्षसम्म अन्तरिक्षमा रहेर सेवा दिएको थियो।

  • सन् १९८०- आर्कबिसपले गरेर एल साल्भाडोरमा सशस्त्र समूहलाई आह्वान

आर्कबिसप ओस्कर रोमेरोले एल साल्भाडोरका सशस्त्र समूहहरूलाई आफ्ना अनुयायीको हत्या रोक्न आह्वान गरेका थिए। तर, त्यसको भोलिपल्ट नै सशस्त्र समूहले उनको हत्या गरेको थियो।

  • सन् १९५६- पाकिस्तान बन्यो विश्‍वकै पहिलो इस्लामिक गणतन्त्र

सन् १९५६ मा आजकै दिन पाकिस्तानलाई विश्‍वकै पहिलो इस्लामिक गणतन्त्र घोषित गरिएको थियो। हालको बंगलादेशसहित त्यतिबेला इस्लामिक गणतन्त्र घोषणा गरिएको थियो। तर, सन् १९७१ मा तत्कालीन पूर्वी पाकिस्तान बंगलादेश स्वतन्त्र भएको थियो।

  • सन् १९३३- हिटलरलाई अधिनायकवादी शक्ति प्राप्त

२३ मार्च १९३३ मा जर्मनीका तानाशाह हिटलरलाई अधिनायकवादी शक्ति प्रदान गर्ने कानून पारित भएको थियो। त्यसबाट उनलाई संविधानको उल्लंघन गर्दै जथाभावी शक्ति प्रयोग गर्ने अधिकार प्राप्त भएको थियो।

  • सन् १८८८- पहिलोपटक फुटबल लिग शुरु

२३ मार्च १८८८ मा पहिलोपटक फुटबल लिग शुरु भएको थियो। यो विश्‍वको सबैभन्दा पुरानो प्रतियोगिता हो। सन् १८८८ को शरद ऋतुमा शुरु भएको फुटबल लिग सन् १८८९ को वसन्त ऋतुसम्म चलेको थियो।

  • सन् १९३१- भगत सिंहको हत्या

सन् १९३१ मा आजकै दिन भारतका क्रान्तिकारी युवक भगत सिंहलाई तत्कालीन इस्ट इन्डिया कम्पनीको प्रहरीले गोली हानी हत्या गरेको थियो। स्वतन्त्र भारत आन्दोलनका शहीद भगत सिंहको नाम भारतमा इज्‍जतसाथ लिइने गर्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button