अर्थ

राष्ट्र बैंकको नयाँ निर्देशन-एउटै व्यक्ति बैंक र रेमिट्यान्स कम्पनीको सञ्चालक बन्न नपाइने

बैंक तथा वित्ती संस्था र रेमिट्यान्स, मनी चेञ्जर कम्पनीमा एउटै व्यक्ति एक साथ सञ्चालक समितिमा बस्न नपाइने भएको छ।

राष्ट्र बैंकबाट इजाजत पाएका कुनै एक प्रकृतिको संस्थाको सञ्चालक समितिमा रहेको व्यक्ति एकै समयमा अर्को प्रकृतिको संस्थाको सञ्चालक समितिमा बस्न नपाइने भएको हो।

राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७६ मा थप व्यवस्था गर्दै बैंक तथा वित्तीय संस्था र भुक्तानी सम्बन्धी काम गर्न अनुमति पाएको संस्थामा सञ्चालक वा पदाधिकारी बहाल रहेको व्यक्ति एकै पटक मनिचेञ्जर, विप्रेषण कम्पनीको सञ्चलक समितिमा बस्न नपाइने व्यवस्था गरेको छ।

त्यस्तै विप्रेषण वा मनिचेञ्जरमा पनि एकसाथ दुई संस्थामा बस्न नपाइने व्यवस्था गरेको छ। अहिले कुनै व्यक्ति दोहोरिएको भएमा २०८० असोजभित्र अनिवार्य रुपमा नियमित गर्नुपर्ने छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button