अर्थमुख्य खबर

आयात-निर्यातको कमीले १८ % ले घट्यो व्यापार घाटा

Thrill Factory
Rungta Group

नेपालले चालू आर्थिक वर्ष (आव)को ८ महीनाको अवधिमा साढे ९ खर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले बुधवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आवको साउनदेखि फागुनमसान्तसम्म नेपालले ९ खर्ब ५३ अर्ब ५८ करोड ९३ लाख ३७ हजार रुपैयाँको व्यापार घाटा रहेको छ ।

चालू आवको व्यापार घाटा गत वर्षको सोही अवधिको तुलनामा २ खर्ब ७ अर्ब अर्थात् १७.८६ प्रतिशत कम हो ।नेपालले गत वर्षको सोही अवधिमा ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख ९० हजार रुपैयाँको व्यापार घाटा रहेको थियो ।

चालू आवको ८ महीनामा आयात-निर्यात दुवै घटेको भन्सार विभागले जनाएको छ । उक्त अवधिमा १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँको वस्तु आयात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँको वस्तु आयात गरेको थियो । यो गत वर्षको उक्त अवधिको तुलनामा १९ प्रतिशतले कम हो ।

त्यसैगरी यो अवधिमा वस्तु निर्यात पनि २९ प्रतिशतले घटेको छ । यो ८ महीनामा १ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो भने गत वर्षको ८ महीनामा १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button