बीस वर्षअघि यसरी शुरु भएको थियो इराक युद्ध
सन् २००३ को मार्च २० मा अमेरिका र उसलाई सहयोग गरिरहेका राष्ट्रका सेनाहरूले इराकमा आक्रमण गरे र सद्दाम हुसेनलाई सत्ताच्युत गरिदिए।
इराकसँग आमविनाशकारी अस्त्र डब्ल्यूएमडी रहेको र उक्त देश विश्वको शान्तिका लागि खतरा रहेको अमेरिकाको दाबी थियो।
तर इराकमाथिको सैन्य कारबाहीलाई अधिकांश राष्ट्रहरूले समर्थन गर्न मानेका थिएनन्।
सन् १९९०(९१ को खाडी युद्धका बेला अमेरिकाले विभिन्न राष्ट्र सम्मिलित गठबन्धनको नेतृत्व गरेको थियो। उक्त गठबन्धनले इराकी सेनालाई कुवेतबाट फिर्ता हुन बाध्य पारेको थियो।
त्यसकै केही समयपछि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले प्रस्ताव ६८७ पारित गर्दै इराकलाई आफ्ना सबै डब्ल्यूएमडी ९वेपन अफ मास डिस्ट्रक्शन – पारमाणविक, जैविक र रासायनिक अस्त्र – तथा लामो दूरीका बलिस्टिक क्षेप्यास्त्रहरू नष्ट गर्न निर्देशन दियो।
सन् १९९८ मा इराकले अस्त्र निगरानी गर्ने राष्ट्रसङ्घीय निकायसँग सहकार्य भङ्ग गर्यो। त्यसको प्रत्युत्तर दिन अमेरिका र यूकेले हवाई आक्रमण गरे।
सन् २००१को सेप्टेम्बर ११ मा अल कायदाले अमेरिकाको न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टर र वासिङ्टनस्थित पेन्टागनमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति जोर्ज डब्ल्यू बुशको सरकारले इराकमाथि आक्रमण गर्ने योजना बनाउन सुरु गर्यो।
बुशले हुसेनले डब्ल्यूएमडी उत्पादन र भण्डारण गर्ने कार्य जारी राखेको दाबी गरेका थिए। उनले इराक पनि इरान र उत्तर कोरियासँगै इराकलाई पनि विश्वव्यापी स्थिरताका लागि खतरनाक शक्ति एक्सिस अफ ईभल को सङ्ज्ञा दिए।
सन् २००२ को अक्टोबर महिनामा अमेरिकी संसद्ले इराकमाथि सैन्य कारबाही स्वीकृत गर्यो।
वाशिङ्टनमा धेरै जनाले इराकसँग ठूलो स्तरमा विनाश गर्न सक्ने अस्त्रहरू रहेको महत्त्वपूर्ण प्रमाणहरू छन् र यसले वास्तविक खतरा उत्पन्न गरेको छ भन्ने विश्वास गरेका थिए, लन्डनस्थित विदेश मामिलाबारे एक थिङ्क ट्याङ्क च्याटम हाउसको ुयूएस एन्ड अमेरिकाज् कार्यक्रमका निर्देशक डा। लेस्ली भेन्जमुरीले भनिन्।
कथित डब्ल्यूएमडी कार्यक्रमसहित इराकले विगतका प्रस्तावनाहरू उल्लङ्घन गरेको भन्दै सन् २००३ को फेब्रुअरीमा अमेरिकाका तात्कालिक विदेशमन्त्री कोलिन पावलले इराकमाथि सैन्य कारबाही गर्नका लागि अनुमति दिन राष्ट्रसङ्घको सुरक्षा परिषद्लाई आग्रह गरेका थिए।
तर उनले परिषद्लाई त्यस्तो अनुमतिका लागि सहमत बनाउन भने सकेनन्। अधिकांश सदस्यराष्ट्रहरू सन् २००२ मा इराकको भ्रमण गरेका राष्ट्रसङ्घीय परमाणु निगरानीसम्बन्धी निकाय अनि इन्टरन्याशनल एनर्जी अथोरिटीका अधिकारीहरू डब्ल्यूएमडीबारे थप प्रमाणहरू फेला पार्नका लागि अझै काम गर्नुपर्ने पक्षमा देखिए।
त्यसपछि अमेरिकाले अधिकारीहरूको प्रतिवेदन नकुर्ने बताउँदै इराकविरुद्ध ‘‘एकजुट हुन चाहनेहरूको’’ गठबन्धन बनायो।
अमेरिकी नेतृत्वमा रहेको गठबन्धनमा सम्मिलित ३० राष्ट्रमध्ये यूके, अस्ट्रेलिया र पोल्यान्ड आक्रमणमा सहभागी भए।
यूकेले ४५,००० र अस्ट्रेलियाले २,००० सैनिक पठाए। पोल्यान्डले १९४ जना विशेष तालिमप्राप्त सैनिक पठाएको थियो।
कुवेतले आफ्नो क्षेत्रबाट आक्रमण गर्न अनुमति दियो। स्पेन र इटलीसहित कैयौँ युरोपेली राष्ट्रहरूले अमेरिका नेतृत्वको गठबन्धनलाई कूटनीतिक समर्थन गरेका थिए।
तात्कालिक अमेरिकी विदेशमन्त्री कोलिन पावलले सन् २००३ मा राष्ट्रसङ्घमा इराकसँग जैविक हतियार उत्पादन गर्नका लागि ूघुम्ती प्रयोगशालाहरू रहेको बताएका थिए।
तर सन् २००४ मा उनले त्यसबारे प्रमाणहरू त्यति बलिया रहे जस्तो नदेखिएको स्वीकार गरेका थिए।
यूके सरकारले गुप्तचर निकायले तयार पारेको एउटा प्रतिवेदन सार्वजनिक गर्यो जसमा पूर्वी भूमध्यसागर क्षेत्रमा यूकेलक्षित आक्रमणका लागि ४५ मिनेटमा इराकी क्षेप्यास्त्र तयार हुनसक्ने उल्लेख गरिएको थियो।
यूकेका तात्कालिक प्रधानमन्त्री टोनी ब्लेअरले हुसेनले डब्ल्यूएमडी उत्पादन गर्न जारी राखेको कुरामा ‘‘कुनै शङ्का नरहेको’’ बताएका थिए।
दुवै देश इराकबाट भागेका रासायनिक इन्जिनियर राफिद अहमद अल्वान अल(जानबी र गुप्तचर निकायका एक अधिकारी माज मोहम्मद हारिथको सूचनामा अत्यन्त धेरै निर्भर थिए। उनीहरूले इराकको डब्ल्यूएमडी कार्यक्रमबारे आफूहरूसँग ठोस जानकारी रहेको बताएका थिए।
ती दुवै व्यक्तिले पछि आफूहरूले इराकमाथि आक्रमण होस् र हुसेन सत्ताच्युत भनेर प्रमाणहरूलाई बढाइचढाइ गरेको बताएका थिए।
अमेरिकाका दुई छिमेकी क्यानडा र मेक्सिकोले समर्थन गर्न अस्वीकार गरे।
युरोपमा अमेरिकाका दुई प्रमुख सहयोगी जर्मनी र फ्रान्सले पनि सहयोग गर्न अस्वीकार गरे।
नेटोको सदस्य पनि रहेको टर्कीले छिमकी राष्ट्र इराकमा आक्रमण गर्न अमेरिकालाई आफ्नो हवाई आधारशिविरहरू प्रयोग गर्न दिएन।
सन् १९९०(९१ को खाडी युद्धमा इराकविरुद्ध अमेरिकालाई सहयोग गरेका राष्ट्र साउदी अरब लगायतले सन् २००३ को आक्रमणमा भने समर्थन गरेनन्।
ूखाडी अरब राष्ट्रहरूले उक्त योजनालाई बहुलट्ठी ठाने,’’ यूनिभर्सिटी अफ लन्डन एसओएएसमा मध्यपूर्व क्षेत्रको राजनीतिबारे विशेज्ञता भएका प्राध्यापक जिल्बर्ट आश्कारले भने।
‘‘हुसेनको शासन ढलेपछि इराकमाथि इरानले नियन्त्रण कायम गर्ने कुराले उनीहरू चिन्तित थिए।’’
सन् २००३ मार्च महिनाको २० तारिखका दिन बिहानको समयमा ‘अपरेशन इराकी फ्रीडम’ सुरु भयो।
कुवेतको इराकसँगको सीमाबाट अमेरिका र उसलाई सहयोग गरिरहेका राष्ट्रका झन्डै २,९५,००० सैनिकले कारबाही सुरु गरे।
इराकको उत्तरी भेगमा कुर्दिश पेशमेर्गाका मिलिसियाका ७०,००० सदस्य र इराकी सुरक्षाकर्मीहरूबीच भिडन्त भयो।
मे महिनासम्ममा इराकी सेना पराजित भयो र सद्दाम हुसेनको शासन पतन भयो। पछि सद्दाम हुसेन पक्राउ परे। उनविरुद्ध मुद्दा चलाइयो र पछि उनलाई मृत्युदण्ड दिइयो।
तर इराकमा कुनै पनि किसिमका व्यापक विनाश निम्त्याउन सक्ने खालका हतियारहरू फेला परेनन्।
सन् २००४मा इराक साम्प्रदायिक विद्रोह फैलियो। त्यसको केही वर्षपछि सुन्नी र शिया समुदायबीच गृहयुद्ध सुरु भयो।
सन् २०११ मा मात्रै अमेरिकी सेना त्यहाँबाट फर्कियो।
सन् २००३ देखि २०११ बीच युद्धसँग जोडिएका घटनाका कारण ४,६१,००० मानिसको मृत्यु भएको र ३० खर्ब अमेरिकी डलर खर्च भएको अनुमान गरिएको छ।
ूअमेरिकाले यो युद्धका कारण निकै धेरै विश्वसनीयता गुमायो,’’ लन्डनस्थित रोयल यूनाइटेड सर्भिसेस इन्स्टिट्यूटका महानिर्देशक डा। क्यारीन भोन हिपलले भनिन्।
‘‘बीस वर्षपछि मानिसहरूले अझै भनिरहेको सुनिन्छ हामीले किन अमेरिकी गुप्त सूचनालाई विश्वास गर्नुपर्यो र ? बीबीसी