No Image Headlineअर्थ

वीरगञ्जमा सवा २ अर्बको लगानीमा चिनी उद्योग खुल्दै, उत्पादन क्षमता कति ?

वीरगञ्जनजिकै ग्रामीण क्षेत्रमा नयाँ चिनी उद्योग खुल्ने भएको छ । पर्साको जिराभवानीमा नयाँ चिनी मिल खुल्न लागेको हो।

सरकारी लगानीको वीरगञ्ज चिनी कारखाना सञ्चालन अनिश्चित हुँदै गएको अवस्थामा यो उद्योग सञ्चालनको तयारी भएको हो ।

समयमा किसानलाई उखुको भुक्तानी दिन नसकेको भन्दै आलोचना भइरहेको भए पनि पर्सामा नयाँ उद्योग आउने भएपछि यो क्षेत्रका किसान लाभान्वित हुने अपेक्षा गरिएको छ ।

कविता अग्रवाल सञ्चालक रहने गरी उद्योग स्थापनाका लागि उद्योग विभागमा कम्पनी दर्ता समेत भइसकेको छ। २ अर्ब २० करोड रूपैयाँको लगानीमा खुल्न लागेको उद्योग विजय श्री सुगर मिल्स प्रालि नामले विभागमा दर्ता भएको छ।

उद्योगले वार्षिक ३३ हजार ७ सय ५० मेट्रिक टन चिनी उत्पादन गर्ने लक्ष्य लिएको छ। यसैगरी उद्योगले १८ हजार ७ सय ५० मेट्रिक टन मोलासेस ९गुड० उत्पादन गर्ने समेत दर्ता विवरणमा उल्लेख छ। उद्योगमा ३ सय ५० जनाले रोजगारी पाउने विवरणमा उल्लेख छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button