खबर फटाफट

आजको मौसम दिउँसो चट्याङसहित वर्षाको सम्भावना

आगामी २४ घण्टामा चट्याङ र हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

बिहान ६ बजे बुलेटिन प्रकाशित गर्दै विभागले यस्तो चेतावनी दिएको हो। विभागका अनुसार आज दिनभर पहाडी क्षेत्रका केही र तराईका थोरै स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको छ। मेघगर्जन, चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन आवश्यक तयारी गरी सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

अहिले नेपाली आकाशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव छ। अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी इलाकाका १-२ स्थानमा हल्का वर्षा भइरहेको छ।

 

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडका केही र तराईका थोरै स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडका थोरै तथा कोशी, मधेश र वागमती प्रदेशका तराई क्षेत्रमा १-२ स्थानमा मेघ गर्जन, चट्याङसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button