अन्तराष्ट्रिय

रुसी विमानसँग ठोक्किएपछि अमेरिकी ड्रोन दुर्घटनाग्रस्त

एउटा रुसी लडाकु विमान अमेरिकी ड्रोनसँग ठोक्किएपछि आफ्नो उक्त मानवरहित विमान ब्ल्याक सीमा खसेको अमेरिकी सेनाले जनाएको छ।

यस घटनाले युक्रेन युद्धलाई लिएर रुस र अमेरिकाबीच प्रत्यक्ष टकराउको बढ्दो जोखिमको सङ्केत गरेको छ।

ड्रोन अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा पूर्व निर्धारित उडानमा रहँदा दुई रुसी विमानले त्यसलाई रोक्न खोजेको अमेरिकाले बताएको छ।

रुसले ड्रोनको आकस्मिक चालका कारण दुर्घटनाग्रस्त भएको बताएको छ। उसले आफ्ना दुई विमानको उक्त ड्रोनसँग प्रत्यक्ष सम्पर्क भएको आरोप अस्वीकार गरेको छ।

रुसी रक्षा मन्त्रालयका अनुसार एमक्यू-९ रिपर ड्रोन त्यसलाई नियन्त्रण वा निगरानी गर्ने उपकरण, ट्रान्सपोन्डरहरू बन्द गरेर उडिरहेको थियो। यस सञ्चार उपकरणहरूले विमानलाई निगरानी गर्ने अनुमति दिन्छ।

रिपर ड्रोनहरू २० मिटरसम्म फैलिएको निगरानी गर्ने विमान हो।

दुर्घटना मङ्गलवार मध्य युरोपेली समयअनुसार करिब सात बजेपछि भएको अमेरिकी सेनाले जनाएको छ।

हाम्रो एमक्यू-९ विमान अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा नियमित सञ्चालन भइरहेको बेला रुसी विमानले यसलाई रोकेर ठक्कर दियो। त्यसैले उक्त विमान दुर्घटनाग्रस्त भयो र ड्रोन पूर्ण रूपमा क्षतिग्रस्त भयो, एक विज्ञप्तिमा लेखिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button