अर्थ

किन डुब्दैछन् अमेरिकी बैंक, नेपालले के सिक्न सक्छ ?

अमेरिकामा दुईवटा ठूला ब्याङ्कहरू धराशायी भएपछि एशिया र युरोपको शेअर बजार त्यसबाट ढुक्क हुन सकेको छैन र बैंकहरूको शेअर मूल्य ह्वात्तै घटेको छ।

Patanjali Nepal
Sweet Mart Food

सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक सङ्कटमा परेपछि ग्राहकहरूले जम्मा गरेको निक्षेपको रक्षा गर्न अमेरिकी निकायहरूले प्रयास थालेपछि विश्वबजारमा बैंकहरूको शेअरको मूल्यमा गिरावट आउन थालेको हो।

अमेरिकाका साना बैंकहरूले सम्भावित प्रभावबाट जोगिनका लागि आफूसँग आवश्यक पर्नेभन्दा बढी तरलता उपलब्ध रहेको कुरामा ढुक्क पार्न खोजेका भए पनि तिनले युरोपेली बैंकभन्दा बढी क्षति बेहोरेका छन्।

यो अस्थिरताले मुद्रास्फीति नियन्त्रण गर्नका लागि ब्याज दर बढाउने अमेरिकाको केन्द्रीय बैंकको योजनालाई केही समयका लागि रोक्ने अनुमान गर्न थालिएको छ।

आफूले जम्मा गरेको रकम निकाल्न नपाएपछि कैयौँ व्यावसायिक ग्राहकहरू आफ्ना कर्मचारी र आपूर्तिकर्तालाई भुक्तानी दिन नसक्ने अवस्थामा पुग्ने सम्भावना देखिएको थियो।

सिलिकन भ्याली कसरी डुब्यो ?

अमेरिकी नियामक निकायले शुक्रवार मूलभूत रूपमा प्रविधि कम्पनीहरूलाई कर्जा प्रवाह गर्ने सिलिकन भ्याली बैंकको सम्पत्ति जफत गर्दै उक्त बैंक बन्द गरिदिएको थियो।

सन् २००८को वित्तीय सङ्कट पश्चात् अमेरिकी बैंकको यो सबैभन्दा ठूलो असफलता थियो।

उक्त बैंकले उच्च ब्याज दरबाट प्रभावित सम्पत्ति बिक्रीबाट भएको घाटा हटाउन पैसा उठाउने प्रयास गरिरहेको थियो।

उक्त सङ्कटबारे सूचना फैलिएपछि ग्राहकहरू आफूले जम्मा गरेको रकम निकाल्न आउन थालेपछि रकमको अभाव देखिएको थियो।

आइतवार सरकारी निकायहरूले न्यूयोर्कस्थित सिग्नेचर बैंकको व्यवस्थापन पनि आफ्नो नियन्त्रणमा लिएका थिए।

उक्त बैंकका कैयौँ ग्राहक क्रिप्टो कारोबारमा संलग्न थिए र त्यो वित्तीय संस्था एसभीबीजस्तै जोखिममा परेको मानिएको थियो।

सर्वसाधारणहरूलाई वित्तीय संस्थाहरूमाथि विश्वास कायम राख्नका लागि अमेरिकी नियामक निकायले बैंकहरूले आकस्मिक रूपमा रकम उधारो लिन मिल्ने नयाँ उपाय सार्वजनिक गरेको छ।

यद्यपि अर्को अमेरिकी कर्जादाता सिल्भरगेट बैंक गत साता धराशायी भएपछि देखिएका पछिल्ला समस्याहरूले अन्य संस्थामा पनि जोखिम रहेको सङ्केत गरेको छ।

एसभीबी बैंकको असफलताले सन् २००८ को वित्तीय सङ्कटका बेलामा जस्तै राज्यले वित्तीय संस्थाहरूलाई नियमन गर्न अनि जोगाउन कति पहल गर्नुपर्छ भन्ने विषयमा बहस पुनः सुरु गराइदिएको छ।

अमेरिकी केन्द्रीय बैंकका प्रमुख जेरोम पावलले बैंकहरू धराशायी हुनुको कारणबारे विस्तारमा पारदर्शी समीक्षा गरिने बताएका छन्।

राष्ट्रपति बाइडनले कडा नियमको माग गर्दै लगानीकर्ता अनि बैंक सञ्चालन गर्ने सन्दर्भमा शीर्ष भूमिकामा रहेकाहरूलाई त्यसै नछोडिने कुरामा जोड दिएका छन्।

उनीहरूले जानीजानी जोखिम लिएका हुन् पुँजीवादले त्यसैगरी काम गर्छ, उनले भने।

यद्यपि रिपब्लिकन पार्टीका सिनेटर टिम स्कटले सरकारले गरिदिएको पछिल्लो उद्धारलाई समस्याग्रस्तको सङ्ज्ञा दिएका छन्।

सन् २०२४ को राष्ट्रपतीय निर्वाचनका लागि उनी सम्भावित उम्मेदवार पनि हुन्।

सरकारले हस्तक्षेपत गर्ने परम्परा बनाउँदा त्यसले भविष्यमा संस्थाहरूलाई अत्यधिक जोखिम मोलेपछि सरकारमा निर्भर हुने कुरा रोक्न केही गर्दैन, उनले भने।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button