अर्थमुख्य खबर

वीउवासंघको ४७ औं साधारणसभा : अध्यक्षमा अनिल अग्रवाल निश्चित, कोको भए सम्मानित ?

वीरगञ्ज उद्योग वाणिज्य संघको ४७ औं वार्षिक साधारणसभा वीरगञ्जमा जारी छ । संघको आइतबार शुरु भएको साधारणसभाले अगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

Patanjali Nepal
SweetMart Nepal

अबको २ वर्षे कार्यकालमा लागि अनिलकुमार अग्रवाल अध्यक्षमा चुनिने निश्चित भइसकेको छ । अहिले संघको वरिष्ठ उपाध्यक्ष रहेका अग्रवाललाई आगामी अध्यक्ष बनाउने समझदारी भइसकेको छ ।

सोही समझदारीअनुसार नै संघले ३५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भइसकेको छ । सर्वसम्मत भइसकेकाले अब कार्यसमिति सदस्यका लागि सोमबारका लागि तय भएको चुनाव नहुने भएको छ ।

संघका यसअघि पनि वरिष्ठ उपाध्यक्षलाई अध्यक्षमा चयन गर्ने अभ्यास छ । अपवादबाहेक संघको वरिष्ठ उपाध्यक्ष बनेकाहरू अध्यक्ष चुनिएका छन् । यस पटक पनि अग्रवालको नाममा सर्वसम्मतको सहमति भइसकेको बुझिएको छ ।

यसैबीच साधारणसभा उद्घाटनको अवसरमा निजीक्षेत्रका अगुवाहरूले सरकारले उद्योग व्यापारलाई प्रवद्र्धन गर्न नसकेको आरोप लगाएका छन् । चौतर्फी संकट सामना गर्नु परेको अवस्थामा सरकारका नीहिरु उल्टै निजीक्षेत्रलाई हतोत्साहित पार्ने किसिमले आएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले बताए ।

सरकारी नीतिकै कारण अर्थतन्त्रमाथि संकट थपिएको ढकालको भनाइ थियो । कार्यक्रममा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सरकार निजीक्षेत्रका सुझावमा कहिल्यै पनि सकारात्मक नदेखिएको गुनासो गरे ।

निजीक्षेत्रमा अगुवाहरुले अहिलेका समस्याहरुलाई ठिक ढंगबाट उठाउनुपर्ने पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठको भनाइ थियो । महासंघ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले सरकार दीर्घकालीन विकास योजनामा अघि बढ्न नसकेको टिप्पणी गरे । उनले देश विकासशील सूचीमा स्तरोन्नति हुन गए पनि त्यअनुसारको तयारी नभएकाले थप समस्या हुनसक्नेतर्फ सचेत गराए ।

महासंघ मधेस प्रदेशका निवर्तमान अध्यक्ष गणेशप्रसाद लाठले निजीक्षेत्रमा समस्याहरुको उचित निकासविना देशको अर्थराजीतिक व्यवस्थामा सुधार आउन नसक्ने दाबी गरे । कार्यक्रममा पर्सा क्षेत्र नंं. २ का सांसद अजयकुमार चौरसिया, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एमव् मधेश प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्मा, साहित्यकार डा. ध्रुवचन्द्र गौतम, महासंघका केन्द्रीय सदस्यहरू हेमराज ढाकाल, भक्त हमाल र उमेश डालमियाले निजीक्षेत्र समस्या रहेसम्म आर्थिक विकास र समृद्धिको उद्देश्य पूरा नहुने स्पष्ट पारे ।

संघका अध्यक्ष सुबोधकुमार गुप्ताले संघल उद्यम व्यापारका समस्याको निकासमा निरन्तर रुपमा लागिपरेको बताए । उनले अहिले अर्थतन्त्रको पुर्उत्थानका लागि सरकारले अल्पकालीन र दीर्घकालीन दुई खालका रणनीति अपनाउनुपर्ने बताए । ब्याजदर, राष्ट्र बैंकको चालू पूँजी कर्जा मार्गदर्शन, विद्युत् कटौतिलगायतका समस्याको अलिवम्ब समाधानको माग उनले गरे ।

कोको भए सम्मनित ?

यसैबीच वीरगञ्ज उद्योग वाणिज्य संघले उद्यम व्यापार र सामाजिक क्षेत्रमा योगदान दिने प्रतिष्ठान र व्यक्तिहरूलाई सम्मानित गरेको छ ।

वीरगञ्जबाट भारततर्फ सर्वाधिक निकासी गर्ने डाबर नेपाल, त्रिवेणी स्पीनिङ मिल्स र शिवशक्ति केमोप्लाष्ट सम्मानित भएका छन् भने तेस्रो मुलुकमा सर्वाधिक निर्यात गर्नेमा पनि क्राशः त्रिवेणी स्पीनिङ मिल्स, डाबर नेपाल परेका छन् ।

तेस्रो मुलुकतर्फ सर्वाधिक तेस्रो स्थानमा निर्यात गरेको नारायणी लेदर पनि सम्मानित भएको संघले बताएको छ । साफ्टामा भारत निर्यात गर्ने ओसीबी फुड्स एण्ड फिड्स, शिवशक्ति घ्यू उद्योग र नन्दन घ्यू एण्ड आयल इण्डष्ट्रिज छन् ।

युवा उद्यमी अनुप अग्रवाल पनि सम्मानित भए । वीरगञ्जमा युवा उद्यमशीलता प्रवद्र्धनमा योगदान पु¥याएकोमा उनी सम्मानित भएका छन् । संघले महिला उद्यमतर्फ रजनी झा र शवनम श्रेष्ठलाई सम्मान प्रदान गरेको छ ।

वीरगञ्जबाट प्रकाशित हुने मध्यनेपाल साप्ताहिकका पत्रकार कविता खड्कालाई संघले सम्मानित गरेको छ । सञ्चार क्षेत्रबाट वीरगञ्ज क्षेत्रको उद्योग व्यापारको प्रवद्र्धनमा योगदान पु¥याएको सम्मानि हुनेमा पत्रकार रामकुमार सर्राफ र राधेश्याम पटेल पनि छन् ।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button