खबर फटाफट

एक लाख रुपियाँ घुससहित शिक्षा अधिकृत पक्राउ

Thrill Factory
Rungta Group

ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत शेषकान्त पौडेल एक लाख रुपियाँ घुससहित पक्राउ परेका छन् ।

महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार घुस रकम लिइसकेको अवस्थामा कार्यकक्षबाटै पक्राउ गरेको हो ।

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियारको टोली ललितपुर महानगरपालिका कार्यालय पुगेको थियो ।

 यस विषयमा थप अनुसन्धान गर्ने  थपलियाले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button