No Image Headlineअर्थ

चैतदेखि ब्याजदर घट्ने, ब्याज घट्ने समाचारले शेयरमा उछाल

वाणिज्य बैंकहरुले आगामी चैतमा ब्याजदर घटाउने भएका छन् । आज बसेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले आगामी चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।

Patanjali Nepal
SweetMart Nepal

आगामी चैत १ गतेदेखि निक्षेपमा शुन्य दशमलव चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको सङ्घका अध्यक्ष सुनिल केसीले जानकारी दिए । उनले आफूहरु ऋणको ब्याजदर क्रमशः घटाउनमा केन्द्रित भएको पनि बताए ।

हाल बैंकहरुले आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए । अब १ प्रतिशत घटेपछि आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछन् ।

यस्तै, निक्षेपतर्फको साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिनेछन् । यसअघि साधारण बचतमा न्यूनतम ६ दशमलव ४२ प्रतिशतदेखि अधिकतम ८ दशमलव ४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो ।

मुद्दति निक्षेपको ब्याजदर भने स्थीर राखिएको छ । हाल बैंकहरुले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन् । यस्तैगरी, संस्थागततर्फ ९ प्रतिशत र रेमिट्यान्स मुद्दति खातामा १२ प्रतिशत ब्याजदर तोकिएको छ ।

उद्योगी व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घ संस्थाले तत्काल बैंक तथा वित्तीय संस्थाको ब्याज घटाउनुपर्ने माग गर्दै आएका छन् । चौतर्फी दबाब बढेपछि बैंकर्स सङ्घले सामान्य अङ्कले मात्रै ब्याजदर घटाउने निर्णय गरेको हो ।

बैंकहरूले चैत महीनाको लागि निक्षेप र कर्जाको ब्याजदर घटाउने निर्णय गरेसँगै शेयर बजारमा उछाल आएको छ । नेपाल बैंकर्स संघका अनुसार चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलव ४ प्रतिशत र कर्जामा १ प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको छ ।

साताको तेस्रो कारोबार दिन बिहीवार नेप्से परिसूचक ५० दशमलव शून्य ४ अंक बढेर २ हजार २ दशमलव ७० विन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका २६२ धितोपत्रको ४५ लाख ६६ हजार ४३ कित्ता ३८ हजार १३१ पटकमा रू. १ अर्ब ५६ करोड बराबरको खरीदविक्री भएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button